लन्डन । धेरै आशा गरिएको नेपाली फिल्म ‘धनपति’ को यूके प्रिमियरका लागि निर्देशक, निर्माता एवं लेखक कलाकार लन्डन उत्रिएका छन् । निर्देशक दीपेन्द्र के खनाल, निर्माता रोजिना सिटौला र लेखक एवं मुख्य कलाकार खगेन्द्र लामिछाने बिहीबार बिहान लन्डन उत्रिएका हुन् । लन्डन उत्रिएका कलाकारहरुलाई ३२ बक्स लिमिटेडका प्रशान्त थापा लगायतले स्वागत गरेका थिए । ३२ बक्स लिमिटेडले जि ९ को सहकार्यमा बेलायतका विभिन्न शहरमा ‘धनपति’ प्रदर्शन गर्न लागेको हो ।
थापाले १८ अगष्ट शुक्रबार सांझ ६ बजे एम्पायर हल अल्डरसट र २० अगष्ट आइतबार लन्डनस्थित सफारी सिनेमा हलमा प्रिमियर शो गरिने जानकारी दिए । सफल चलचित्र ‘पशुपति प्रसाद’ निर्माण टिमले नै ‘धनपति’ बनाएको हो । फिल्म प्रदर्शनमा आएर नेपाली चलचित्र र कलाकारलाई माया गरिदिन आयोजकले आग्रह गरेका छन् ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि