लन्डन । नेपालीहरुको लगानीमा सञ्चालित ग्लोवल सोसल मिडिया कम्पनी ‘सगुन डटकम’ का संस्थापकसहित केही प्रवर्धक अमेरिका र क्यानाडाबाट बेलायत आउने भएका छन् । ग्लोवल लञ्चिङ कार्यक्रमका लागि सगुन डटकमका संस्थापक तथा सिइओ गोविन्द गिरी नेतृत्वको चार सदस्यीय टिम बेलायत आउने भएको हो ।
उनीहरु यूके आएलगत्तै शुक्रबार (अगस्ट १८ तारिख) सांझ बेलायतको आसफोर्डमा एक विशेष समारोहबीच सगुनले दोश्रो चरणमा लगानीको अवसर खुला गर्दैछ ।
विश्वभरका नेपालीलाई लगानी गर्न प्रेरित गरिरहेको सगुनले पहिलो चरणमा झण्डै ३५ सय नेपाली लगानीकर्ताले ३ दशमलव १६ मिलियन डलरको लगानी प्रतिवद्धता जाहेर गरिसकेको जनाएको छ । ८ हजार लगानीकर्ता पुरयाएर विश्वकै सबैभन्दा ठूलो ‘कम्युनिटी बेस्ड कम्पनी’ बन्ने लक्ष्य सगुनको छ ।
यूएसए टिमको सहभागितामा बेलायतका विभिन्न शहरमा सेमिनार समेत तय गरिएको छ । सेमिनारमा सगुनका संस्थापक तथा प्रवर्धकहरुले प्रिजेन्टेसनमार्फत सगुन डटकमको उद्देश्य, व्यवसायिक योजना, लगानी गर्दा हुने प्रतिफल आदिबारे अवगत गराउने सगुन डटकमका युरोप कोअर्डिनेटर सन्तोष घिमिरे र यूके कोअर्डिनेटर युवराज सेढाईंले जानकारी दिए ।
सगुन टिमसंग १९ अगष्ट शनिबार लन्डन अल्पर्टन र भेन्यू फाइभ रेष्टुरेन्ट, आइतबार २० अगस्टमा उलवीच, सोमबार २१ अगष्टमा अल्डरसट र अन्तिम दिन मंगलबार २२ अगष्टका दिन रेडिङ, बर्कसायर र लेस्टरमा बेग्ला बेग्लै सेमिनार गरिने छ ।
सगुन डटकमले बेलायतवासी इच्छुक लगानीकर्ता, व्यवसायी तथा नेपालीलाई ति सेमिनारमा सहभागिताका लागि आव्हान गरेको छ ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि