बैज्ञानिकहरुले पहिलोचोटी खराब डीएनएबाट भ्रुणहरु (एम्ब्रियो) सफलतापूर्वक अलग गरेका छन्, जुन भ्रुणहरुले वंशाणुगत रुपमा रगतको नाता भएको व्यक्तिमा सरि खतरनाक मुटुरोगको कारक बन्दछ । यसले पुस्तौ देखि सर्ने करिब दसहजार डीएनएको बिकृतिहरु रोकथाम गर्न सम्भावनाको ढोका खोलेको छ । यस्तो आविस्कारको अरु विकासले वंशाणुगत रुपबाट सर्ने रोगहरु साइटिक फाइब्रोसिस देखि स्तन क्यान्सरको कारक हुने खराब डीएनएलाई हटाउन सक्नेछ ।
अमेरिका तथा दक्षिण कोरियाका बैज्ञानिकहरुले पांच दिनसम्म भ्रुणहरुलाई बिकास गर्न दिएका थिए । यी बैज्ञानिकहरुले मुटु रोग अन्तर्गतका हाइपरट्रॉफिक कार्डियोमायोपेथी रोगलाई केन्द्रित गरेका थिए । यस किसिमको मुटुको रोग पाँच सय जनामा एक जनालाई हुने गरेको तथ्यांक छ । यस किसिमको रोगमा मुटुको धड्कन अकस्मात बन्द हुने गर्छ । कुनै व्यक्तिलाई मेडिकल भाषामा भनिने अकास्मात कार्डियाक यारेष्ट हुने भनेको पनि हाइपरट्रॉफिक कार्डियोमायोपेथी अन्तर्गत हो । यसको ज्वलन्त उदारहण बेलायतमा फुटबल खेलिरहेका मुआम्बा भन्ने खेलाडीलाई अकास्मात कार्डियाक यारेष्ट भएको थियो । यसमा मुटुको विद्युतीय गतिविधि यति अस्तव्यस्त हुन्छ कि मुटुले पम्प गर्न छोड्दछ र यसको सट्टामा काम्ने गर्छ । यदि व्यक्तिलाई कार्डियाक यारेष्ट भएको छ भने उसले होस करिव एकैमा गुमाउँदछ । बाँचेको जस्तो कुनै लक्षण देखिंदैन । यो चाहि अत्यन्त जरुरी इमर्जेन्सीको अवस्था हो । कसैले सिपिआर (फोक्सोलाई फुलाउन मुखबाट मुखमा श्वास दिने) तीन / चार मिनेटभित्र नगरेमा, उक्त व्यक्तिको दिमाग र अरू अंगहरू सदाको लागि नोक्सान हुन्छ ।
यस अध्ययनले भविष्यको मेडिकल क्षेत्रको बाटोको साथै नैतिक रुपले कुन ठिक भन्ने प्रश्न पनि उब्जाएको छ । सन् २०१५ मा क्रिस्पर भन्ने नयाँ डीएनए प्रबिधिको विकासले विज्ञानको स्वर्ण युगको शुरुवात भएको छ ।
यसको मुख्य कारण एक्लो डीएनए द्वारा निर्देशित एक्लो जिनको खराबीले हुने गर्छ । जो संग यस्तो जिन रहेको छ, उसको बच्चाहरुमा वंशाणुगत रुपबाट सर्ने सम्भावना पचास प्रतिशत हुन्छ । पुरुषको हाइपरट्रॉफिक कार्डियोमायोपेथी भएको शुक्रकिट स्वस्थ्यकर दान दिइएको अन्डाकोषमा क्रिस्पर प्रबिधि द्वारा खराब जिनाइ सच्याइएको थियो । सबै यस्तोमा काम नगरेपनि ७२ प्रतिशत रोग लाग्नेको कारक बन्ने खराब भ्रूणहरुलाइ निकाल्न सफल भएको थियो । यी सबै अनुसन्धानको विवरण जर्नल नेचरमा प्रकाशित भएको छ । यस अनुसन्धानले उपचारमा नयाँ क्षितिज खोले पनि यसको प्रयोग वंशाणुगत रोग हुने ब्यक्तिमा हुने रोगको रोकथाम गर्ने गरि बिकास गर्न भने समय लाग्ने छ ।
वंशाणुगत मात्र नभई मुटुरोग अन्य धेरै जोखिमका तत्वहरु छन्, तिनको पहिचान गरि उपयुक्त आफ्नो जीवनशैली अबलम्बन गर्नुपर्छ । तल भनिएका निम्न कुराहरुमा ध्यान पुर्याउनु समयमा नै आबश्यक हुन्छ ।
मोटोपन हटाऔ, क्रियाशील बनौ : स्वस्थ्यकर वजन राख्नाले रक्तचाप कम हुने र मुटुलाई कम काम गर्ने बनाउदछ, यसले कोलेस्ट्रोल घटाउदछ र मधुमेहको विकास हुने जोखिमलाई कम गराउंदछ । आफ्नो उचाई अनुरुपको वजन हुनुपर्दछ । शारीरिक निस्कृयता मुटुरोग लाग्ने प्रमुख जोखिम हो र टाइप-२ मधुमेहको विकास हुने पनि प्रमुख कारण हो । तपाईंलाई मधुमेह भइसकेको छ भने शारीरिक क्रियाशीलताले तपाईंले खाने औषधीको परिमाणलाई कम गर्न मद्दत गर्दछ । क्रियाशील हुँदा विस्तारै रफ्तार बढाएर लैजानु पर्दछ र हप्ताको घटीमा पाँच दिन आधी घण्टाको ठिक्कको व्यायाम गर्नुपर्दछ ।
थोरै खाऔ तर राम्रोसँग खाऔ: एकै समयमा छाक नछुटाई स्वस्थ्यकर खानु महत्वपूर्ण कुरा हो । कस्तो र कति खाने भन्नेकुराको जानकारी हुन सवैलाई आवश्यक छ । राम्रो खानाले वर्तमान र भविष्यको स्वास्थ्यमा ठूलो असर पार्दछ । यसले आत्मघाती मुटुरोग र क्यान्सर जस्ता रोगहरूको जोखिमबाट बचाउन सक्छ । फलफूल र सब्जी र स्वास्थ्यकर खानपिनले मधुमेहको जोखिमलाई कम गर्दछ । दिनको घटीमा ५ पोर्सन विभिन्न किसिमका फलफूल र सब्जी खानुपर्दछ ।
धूमपान छोडौं : धूमपानले विभिन्न किसिमका क्यान्सर, श्वासप्रश्वास, उच्च रक्तचाप र मुटुको रोगलाई निम्त्याउछ । धुम्रपान त्याग्नु नै स्वास्थ सुधार्नु हो । यसको लागि आफ्नो इच्छा शक्ति महत्वपूर्ण कुरा हो ।
कोलेस्ट्रल र ट्राइग्लिसराइड लेबल नियन्त्रण गरौं: स्वस्थ्यकर खाना, त्यसमा पनि जनावरबाट पाइने चिल्लो कम खानुपर्दछ । मधुमेह भएकोको मान्छेलाई कोलेस्ट्रोल र ट्राइग्लिसराइड लेबल बढी हुने गर्दछ । त्यसैले समयमा रगत जाँच गराइ आफ्नो कोलेस्ट्रोल र ट्राइग्लिसराइडको नम्बर थाह पाइरहनु पर्दछ र त्यहि अनुरुप जीबनशैली बदल्नु पर्दछ ।
उच्च रक्तचाप नियन्त्रण गरौ: उच्च रक्तचापले हृदयघात र स्ट्रोक हुने जोखिम बढाउँदछ र यसले गर्दा मुटुका मांसपेशी क्षति हुन्छ । त्यसकारण समयमा उच्च रक्तचापलाई नियन्त्रण गर्नुपर्दछ ।
चिन्ता कम गरौं: चिन्ता अहिले संसारमा मान्छेको स्वास्थ्यमा जोखिम बढाउने प्रमुख कारण हो । चिन्ताबाट न समस्याको हल प्राप्त हुन्छ न छुट्कारा नै । चिन्ताले गलत क्रियाकलापलाई पनि उक्साहित गर्न सक्छ । जस्तै तनाब भयो भनि धुम्रपान गर्नु, बोर लाग्यो भनि रक्सी पिउनु, अल्छी लाग्यो भनेर बढी सुत्नु आदिले पनि मधुमेह बढाउन महत्वपूर्ण सहयोग गर्छ । आराम गर्ने विभिन्न तरिका सिकेर चिन्तालाई टाढा राख्न सकिन्छ ।
मधुमेहको नियन्त्रण गरौ: मधुमेहले कोरोनरी मुटुरोग लाग्ने जोखिम प्रबल रूपले बढाउँछ । यदि तपाईं पुरुष हुनुहुन्छ र मधुमेह छ भने मधुमेह नभएको मानिसभन्दा तपाईंलाई करिब ४ गुना बढी मुटुरोग लाग्ने सम्भावना बढ्छ । मधुमेहले कोलेस्ट्रोल लेभल बढाउने र उच्च रक्तचाप हुने आदि अरू जोखिमका तत्वहरूलाई बढाउन सक्छ ।
मदिरा सेवन कम गरौ: मदिरामा बढी क्यालोरी हुने भएकाले यसको सेवन निकै कम गर्नुपर्छ ।
खाना र जीवनशैलीले मुटुरोगबाट बच्न महत्त्वपूर्ण भूमिका खेल्दछ तर कोही मानिसहरूलाई माथि भनिएका क्रियाकलाप गर्दागर्दै पनि पर्याप्त नहुन सक्छ । अरू खाना र जीवनशैली परिवर्तन गर्नाको साथ साथै डाक्टरको सल्लाह लिनु पर्दछ । एउटा सानो जीबनशैली परिबर्तनले भविष्यमा मुटुरोगबाट बच्न या साबधान हुन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
आफ्नो परिवारमा पुरुषलाई ५५ वर्ष भन्दा पहिला र महिलामा ६५ वर्ष भन्दा पहिले हृदयाघात या एन्जाइना भएमा तपाइलाई पनि रक्त नलीमा चिल्लो जाम हुने क्रमको (आर्थोलोसेर्लेसिस) विकास हुने सम्भावना हुन सक्दछ । यसबारेमा समयमा ध्यान पुर्याउनु पर्दछ । आफ्नो परिवारमा कार्डियोभास्कुलर रोग (ह्र्दयाघात, एन्जाइना तथा स्ट्रोक) को इतिहास भएको व्यक्तिले कम उमेर देखि नै अरु सतर्कता अपनाउनु पर्दछ ।
(आचार्य ‘कोरोनरी मुटुरोग’ पुस्तकका लेखक तथा ब्रिटिस मेडिकल जर्नालिष्ट एशोसियसन सदस्य हुन् )
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप