लण्डन । युके भिसा एण्ड इमिग्रेसनले थप ६ वटा कलेजको लाइसेन्स खारेज गरेको छ ।
लाइसेन्स खारेज भएका कलेजहरुमा ३६० जीएसपी कलेज, सेन्टर कलेज अफ स्टडिज, डकल्याण्डस कलेज, लण्डन कलेज अफ फाइनान्स एण्ड अकाउण्टिङ, लण्डन एडुकेटर्स लिमिटेड रहेका छन् । इम्प्रेस कलेजले आफैँ लाइसेन्स फिर्ता गरेको छ ।
लाइसेन्स खारेज भएका कलेजहरुले टियर फोअन्तर्गत नयाँ विद्यार्थीहरु भर्ना गर्न पाउँदैनन् ।
यसैगरी, एसेक्स कलेज अफ म्यानेजमेण्ट एण्ड आइटी लिमिटेड, लण्डन कलेज अफ एडभान्स म्यानेजमेण्ट र युनिभर्सिटी ट्युटोरियल कलेजको लाइसेन्स निलम्बनमा परेको छ ।
युके भिसा एण्ड इमिग्रेसनले हालसम्ममा ५९ वटा कलेजको लाइसेन्स खारेज गरिसकेको छ भने २१ वटा कलेजको लाइसेन्स निलम्बन गरेको छ ।
वर्तमान युके सरकारले आप्रवासीहरुको संख्या घटाउने नीति लिएको छ । सो अनुसार बेलायतमा रहेका नीजि कलेजहरुप्रति सरकारी व्यवहार अनुदार रहने गरेको छ । जसका कारण कैयौँ कलेजहरु बन्द भएका छन् भने हजारौँ विद्यार्थीहरु विकल्प खोज्न बाध्य भएका छन् ।
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा