लण्डन । लण्डनका नेपाली व्यवसायीहरुको सामूहिक सन्जाल नेपलिज इन्भेष्टमेण्ट कोअपरेटिभ (एनसिअाइ) का अध्यक्ष मोहन गुरुङ सम्मानित भएका छन् ।
गुरुङलाई जर्मनीको फ्रयाङकफर्टमा आयोजित गैरआवासीय नेपाली सङ्घको युराेप क्षेत्रीय सम्मेलनका अवसरमा एनअारएनबाट सम्मानित गरिएको हो । सो अवसरमा अन्य दुई जनालाई पनि सम्मान गरिएको थियो ।
एनआरएका सङ्स्थापक अध्यक्ष डा उपेन्द्र महतोले उनलाई सम्मान पत्र र दोसल्ला प्रदान गरेका थिए ।
यसैबीच एनसिआइले सो अवसरमा नेपालमा लगानीका सम्बन्धमा एक प्रस्तुति पनि दियो । एनसिआइका मोहन गुरुङ र चार्टड एकाउण्टेण्ट एलएन पाण्डेले एनसिअाइले नेपालमा गरिरहेकाे लगानीका बारेमा प्रेजेन्टेसन दिएका थिए । खासगरी एनसिअाइकाे नेपालकाे सोलार परियोजनाका बारेमा सहभागीहरुले चासाे देखाएका थिए । पाण्डेले जिज्ञासाहरुको जवाफ दिएका थिए ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि