लण्डन । सङखुवासभा समाज बेलायतकाे दशाैँ वार्षिकोत्सव लण्डनमा शनिबार अन्तर्राष्ट्रिय परिषद्को घोषणा गर्दै सम्पन्न भएको छ ।
समाजका अध्यक्ष गणेश रानाको अध्यक्षतामा भएको सो वार्षिकाेत्सवकाे प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदी रहेका थिए । सुवेदीले १० अाैँ वार्षिकोत्सवका अवसरमा बनाइएकाे केक काटी समाजका अध्यक्ष तथा पूर्व अध्यक्षहरुलाई खुवाएका थिए भने अन्य अतिथिले १० वटा द्वीप प्रज्वलन गरेका थिए । ब्याकपाइपरको धुन र अातसबाजीले सो समाराेहलाई राेमान्चक बनाएकाे थियाे ।
कार्यक्रममा बिजीडबल्युएसका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवान, नेपाल पत्रकार महासङघ युके शाखाका अध्यक्ष नरेश खपाङगीमगर, अादिवासी जनजाति महिला सङ्घ बेलायतकी अध्यक्ष बिमला राई, ताप्लेजुङ समाज युकेका अध्यक्ष अमृता पालुङवा, धनकुटा समाज युकेका अध्यक्ष अमर रानामगर, पान्थर समाज युकेका महासचिव नगेन्द्र नेम्वाङ, सङखुवासभा समाज बेलायतका सङ्स्थापक अध्यक्ष धर्मराज गुरुङ, प्रमुख सल्लाहकार विजय लिङथेप, काउन्सिलर नविन सिवा लगायतका अतिथि साे कार्यक्रममा थिए ।
सो अवसरमा ग्राजुयसन गर्ने, छोरी ज्वाइँहरु, वयाेवृद्धहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सङखुवासभा समाजकाे अन्तर्राष्ट्रिय समन्वय समितिको घोषणा सङस्थापक अध्यक्ष धर्मराज गुरुङले गरेका थिए । जसमा संखुवासभा समाज बेलायतका अध्यक्ष गणेश राना आयोजक, सह-आयोजक संखुवासभा समाज अमेरिका, सहआयोजक संखुवासभा समाज हङकङ, महासचिव संखुवासभा समाज कतार, सचिव संखुवासभा समाज कोरिया, कोषाध्यक्ष संखुवासभा समाज मकाउ, सहकोषाध्यक्ष संखुवासभा समाज मलेसिया, आयोजक सदस्यहरुमा संखुवासभा समाज साउदी अरेबिया, संखुवासभा समाज ब्रुनाई, संखुवासभा समाज दुबई, संखुवासभा समाज जापान, संखुवासभा समाज अष्ट्रेलिया, संखुवासभा समाज युरोप स्वीडेन, संखुवासभा समाज युरोप बेल्जियम, संखुवासभा समाज युरोप डेनमार्क, संखुवासभा समाज क्यानाडा, संखुवासभा समाज सिंगापुर, संखुवासभा समाज बहराईन, संखुवासभा समाज कुवेत, संखुवासभा समाज ईजरायल, संखुवासभा समाज ईराक र संखुवासभा समाज युरोप पोर्चुगल रहेका छन् ।
कार्यक्रमको सन्चालन महासचिव सेमन्त राईले गरेका थिए भने स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष बसुन्धरा याख्या राईले गरेकी थिइन् । हेल्थ एण्ड सेफ्टी उपाध्यक्ष भरतकुमार राईले गरेका थिए ।
कार्यक्रममा गायिका विष्णु चेम्जोङ, गायक राजमान तामाङ लगायत स्थानीय कलाकारहरुले भरपूर मनाेरन्जन गराएका थिए ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने