लन्डन । इन्टरनेशनल एसोसिएसन अफ एथलेटिक्स् फेडेरेसनको आयोजनामा शुक्रबारदेखि यहां शुरु १६ औं विश्व एथलेटिक्स च्याम्पियनसीप अन्तर्गत म्याराथनमा भाग लिन नेपाली खेलाडी लन्डन आइपुगेका छन् ।
धावक भूमिराज राई नेपाल एथलेटिक्स एसोसिएसनका महासचिव सुनील राजवंशीका साथ लन्डन आएका हुन् । ६ अगष्टमा लन्डनमा हुने फूल म्याराथन (४२.१९५ किमी) मा राईले प्रतिष्पर्धा गर्नेछन् । ‘तयारी राम्रो छ, आशा छ आफ्नो रेकर्ड तोड्नेछु’, राईले लन्डन उत्रिएपछि कान्तिपुरसंग भने । दशकयताको करिअरमा नेपालमा ५ पटक नेशनल च्याम्पियन भइसकेका राईको यसअघिको कीर्तिमान २ घण्टा २० मिनेट ४४ सेकेन्ड छ । उनी नेपाल पुलिस क्लबमा आवद्ध छन् ।
उक्त म्याराथनमा ५४ देशका एकसय सात खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।
राईसंगै आएका राजवंशीले क्वालिफाइङ टाइम बिट गराएर आगामी विश्व च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गराउने आफूहरुको टार्गेट रहेको बताए ।
हरेक दुई वर्षमा हुने विश्व एथलेटिक्स च्याम्पियनसीप यसपटक लन्डन ओलम्पिक स्टेडियममा भइरहेको छ जसमा कुल ४८ इभेन्ट हुनेछन् । प्रतियोगिता ४ देखि १३ अगष्टसम्म सञ्चालन हुनेछ ।
यसैबीच, नेपालबाट आएका खेलाडी र अफिसियलको सम्मानमा लन्डनस्थित माया पबमा सोमबार एक समारोह गरिने भएको छ । युवाहरु सन्तोष राई र सिद्धार्थविक्रम क्षेत्रीले स्वागत तथा सम्मान कार्यक्रम गर्न लागेका हुन् ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर