काठमाडौँ, १५ साउन । सर्वाधिक पुरस्कार राशि भएको एभरेस्ट प्रिमियर लिग (इपिएल)को दोस्रो संस्करणको खेल आगामी डिसेम्बरमा आयोजना हुने भएको छ ।
प्रतियोगितामा काठमाडौँ, ललितपुर, भैरहवा, विराटनगर, वीरगञ्ज र पोखरा गरी ६ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकारसम्मेलनमा आयोजक जोहोरा स्पोर्टस म्यानेजमेन्टका अध्यक्ष आमिर अख्तरले जानकारी दिनुभयो ।
उक्त प्रतियोगिताको विजेता टोलीले रु २१ लाख प्राप्त गर्नेछन् । नेपाली क्रिकेट इतिहासमा यो अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि हो । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रधानमन्त्री कप क्रिकेटमा विजेताले रु २० लाख पुरस्कार प्राप्त गरेको थियो ।
पत्रकारसम्मेलनमा राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र आयोजक जोहोराका अध्यक्ष अख्तर तथा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले प्रतियोगिताको नयाँ लोगो सार्वजनिक गर्नुभयो । गत वर्षदेखि सुरु भएको उक्त प्रतियोगिताको पहिलो उपाधि शरद भेषवाकरको कप्तानीमा रहेको पञ्चकन्या तेजले जितेको थियो । विजेता टोलीले गत वर्ष रु पाँच लाख पुरस्कार प्राप्त गरेको थियो ।
राष्ट्रिय टिमका कप्तान खड्का तथा राष्ट्रिय टोलीका प्रशिक्षक टमाटाले इपिएल नेपालको ठूलो क्रिकेट प्रतियोगिता भएको बताउँदै यस किसिमको प्रतियोगिताले नयाँ खेलाडीको विकासमा सहयोग पुग्ने बताउनुभयो । प्रतियोगिताको सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]