काठमाडौँ, १५ साउन । सर्वाधिक पुरस्कार राशि भएको एभरेस्ट प्रिमियर लिग (इपिएल)को दोस्रो संस्करणको खेल आगामी डिसेम्बरमा आयोजना हुने भएको छ ।
प्रतियोगितामा काठमाडौँ, ललितपुर, भैरहवा, विराटनगर, वीरगञ्ज र पोखरा गरी ६ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकारसम्मेलनमा आयोजक जोहोरा स्पोर्टस म्यानेजमेन्टका अध्यक्ष आमिर अख्तरले जानकारी दिनुभयो ।
उक्त प्रतियोगिताको विजेता टोलीले रु २१ लाख प्राप्त गर्नेछन् । नेपाली क्रिकेट इतिहासमा यो अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि हो । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रधानमन्त्री कप क्रिकेटमा विजेताले रु २० लाख पुरस्कार प्राप्त गरेको थियो ।
पत्रकारसम्मेलनमा राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र आयोजक जोहोराका अध्यक्ष अख्तर तथा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले प्रतियोगिताको नयाँ लोगो सार्वजनिक गर्नुभयो । गत वर्षदेखि सुरु भएको उक्त प्रतियोगिताको पहिलो उपाधि शरद भेषवाकरको कप्तानीमा रहेको पञ्चकन्या तेजले जितेको थियो । विजेता टोलीले गत वर्ष रु पाँच लाख पुरस्कार प्राप्त गरेको थियो ।
राष्ट्रिय टिमका कप्तान खड्का तथा राष्ट्रिय टोलीका प्रशिक्षक टमाटाले इपिएल नेपालको ठूलो क्रिकेट प्रतियोगिता भएको बताउँदै यस किसिमको प्रतियोगिताले नयाँ खेलाडीको विकासमा सहयोग पुग्ने बताउनुभयो । प्रतियोगिताको सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा