काठमाडौँ, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन पर्वको उपलक्ष्यमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित रक्षाबन्धन ग्रहण गर्नुभयो ।
शीतल निवासमा आज बिहान राष्ट्रपति भण्डारीले रक्षाबन्धन ग्रहण गर्नुभएको सेवाकेन्द्रका राजयोगी रामसिंह ऐरले जानकारी दिनुभयो ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित प्रम निवास बालुवाटारमा रक्षाबन्धन ग्रहण गर्नुभयो ।
सो अवसरमा राष्ट्रपति भण्डारी र प्रम देउवालाई सेवा केन्द्रका निर्देशक राजयोगिनी राजदिदी, राजयोगी ऐर, राजयोगी तिलकबहादुर शाही, राजयोगिनी अमरजित कौरलगायतले राखी प्रदान गर्नुभएको थियो ।
चाँगुनारायण मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो
भक्तपुर, १३ साउन । नागपञ्चमीको अवसरमा आज भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ ।
प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन यहाँ मेला लाग्ने गर्छ । नागपञ्चमीको दिन चाँगुनारायण मन्दिरबाट फर्किएर आ–आफ्नो घरको मूलढोकामाथि गाईको गोबरले नाग टाँसी दुबो, रायोको गेडा र गाईको दूध चढाउने परम्परा छ ।
त्यसैगरी आजै भक्तपुर नगरपालिकास्थित तिलमाधव नारायण र वाखुपति नारायणको मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । भक्तपुरको थालाछेंस्थित नागपोखरीमा पनि नागको पूजा गरी पञ्चमी मनाउनेको घुइँचो लागेको छ ।

ललितपुरको बंगलामुखि मन्दिर परिसरमा श्रावण शुक्ल पञ्चमीको दिन शुक्रबार ऋषितर्पणीको अवसरमा रक्षाबन्धन लगाउँदै भक्तजन । तस्बिर ः प्रदीपराज वन्त, रासस
टौदहमा विशेष घुइँचो
काठमाडौँ, १३ साउन । काठमाडौँको दक्षिण भेगस्थित टौदहमा दर्शनका लागि आज भक्तजनको विशेष घुइँचो लागेको छ ।
प्रत्येक वर्ष नाग पञ्चमीका दिन उक्त स्थानमा दर्शन गर्न काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट भक्तजन आउने गर्दछन् । कर्कोटक नागराजाको बासस्थान मानिने दहको किनारमा विशेषगरी नागपञ्चमीका दिन नागको पूजा गर्न तथा जनै पूर्णिमाका दिन तागाधारीले स्नानसहित जनै फेर्ने, रक्षा बन्धन बाँध्ने आदि गरिन्छ । जनैपूर्णिमाका दिन साउन २३ गते यसपटक चन्द्रग्रहण परेकाले जनैपूर्णिमा पनि आज नै मनाइएको छ ।
कर्कोटक नागराजाले आफ्नी रानीको आँखा दुखेपछि स्थानीय किसानलाई बोलाएर झारफुक (औषधि) गरी निको पारेको र नागराजा खुसी भई हिरा, मोती, मणि, माणिक्य जडिएको भोटो किसानलाई उपहारस्वरुप प्रदान गरेको किंवदन्ती पाइन्छ ।
उक्त दहमा आजको दिन स्नान गरी स्थानीयवासीले मकै, तरकारीलगायत चढाउने र नागको पूजा गर्नाले पारिवारिक सुख, शान्ति तथा सर्पबाट सुरक्षित होइने विश्वास रहेको स्थानीयवासी किरण केसीले जानकारी दिनुभयो । यसैगरी, नागदह, कटुवालदहलगायत स्थानमा पनि आज मेला लाग्ने गर्दछ ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै