काठमाडौं। मलेसियाका स्पिनरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि कुवेतमा जारी एसिसी यु १९ प्रिमियर ट्रफीमा नेपाल टोली १ सय १५ रन अल आउट भएको छ।
टस जितेर ब्याटिङ गरेको नेपालका लागि कप्तान राजु रिजालले ३९ रन बनाए भने ओपनिङ ब्याट्सम्यान सुनिल धमलाले १९, प्रेम तामाङले १६, योगेन्द्र कार्कीले ११ र दीपेन्द्र सिंह ऐरीले नट आउट १२ रन बनाए। नेपालका तीन खेलाडी शुन्यमा आउट भए।
मलेसियाका लागि वीरनदीप सिंहले १६ रन खर्चेर ३ विकेट लिएर भने मुहमद हफिज, पभनदीप सिंह र अनवर रहमानले २-२ विकेट लिए।
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार