
विश्वकप एसिया छनोटमा नेपाल अफगानिस्तानसँग भिड्दै । सिंगापुरको इन्डियन क्रिकेट क्लबमा मंगलबार भएको अफगानिस्तान विरुद्वको खेलमा ९६ रनको भारी अन्तरले नेपालले पराजय भोगेपछि न्युजिल्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी उन्नाइस वर्षमुनि (यु–१९ )को विश्वकप खेल्ने सपना चक्नाचुर भएको छ । तस्बिर ःसौजन्य–रमन सिवाकोटी, रासस
काठमाडौँ, १० साउन । न्यूजील्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी उन्नाइस वर्षमुनि (यु–१९ )को विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।
सिंगापुरको इन्डियन क्रिकेट क्लबमा आज भएको अफगानिस्तानविरुद्धको खेलमा ९६ रनको भारी अन्तरले पराजय भोगेपछि नेपालको विश्वकप खेल्ने सपना असफल भएको हो । यस जीतसँगै अफगानिस्तानले विश्वकपमा एसियाको प्रतिनिधित्व गर्दै विश्वकप खेल्नेछ ।
विश्वकप एसिया छनोटमा नेपाल अफगानिस्तानसँगको दुवै खेलमा पराजित भयो । डबल राउण्ड रोबिन लिगका आधारमा भएको छनोट खेलमा सहभागी अन्य दुई राष्ट्र आयोजक सिंगापुर र मलेसियालाई भने नेपालले दुवै खेलमा पराजित गरेको थियो ।
अफगानिस्तानले दिएको १९६ रनको विजय लक्ष्य पछ्याएको नेपाल ४० दशमलव छ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रनको योगदान दिए । पाँचौँ नम्बरमा आएका ऐरीले ८१ बल खेल्दै एक छक्का र सात चौका प्रहार गरे ।
खराब शुरुवात गरेको नेपाल खेलको ५.२ ओभरमा १० रन हुँदा नेपालले पहिलो विकेटको रुपमा सन्दीप सुनारलाई व्यक्तिगत छ रनमा गुमायो । त्यसको अर्को ओभरमा आशिफ शेख पनि दुई रन जोड्दै मैदान बाहिरिए ।
तेस्रो नम्बरमा आएका प्रनित थापामगरले खाता नै खेल्न सकेनन् भने अनिल साह पनि छ रनमै समेटिए । नेपालले १०.४ ओभरमा २३ रन जोड्दा चार विकेट गुमाइसकेको थियो ।
सत्रौँँ ओभरमा नेपालले पाँचौँ विकेटका रुपमा रोहितकुमार पौडेललाई गुमाउन पुग्यो । पौडेलले तीन रन मात्र जोडे । पवन सर्राफ १०, प्रकाश केसी १०, कप्तान सन्दीप लामिछाने दुई तथा शाहव आलमले पनि अविजित दुई रन मात्र जोड्न सके ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ४६.५ ओभरमा सबै विकेट गुमाएर १९५ को योगफल बनाएको थियो ।
अपगानिस्तानका ओपनर इब्राहिम जद्रानले शतकीय पारी खेल । ११४ बल खेलेका उनले पाँच छक्का र सात चौका प्रहार गर्दै १०१ रनको योगदान दिए । त्यस्तै इक्रम अल खलिलले २४ रन जोडे । जद्रानले खलिलसँग मिलेर ७४ रनको साझेदारी गरेका थिए । अफगानिस्तानका अर्का ओपनर ब्याट्सम्यान नबिद ओबेदले २२ रन जोडे भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि साहब आलमले चार विकेट लिए भने दीपेन्ख्र सिंह ऐरीले तीन तथा कप्तान सन्दीप लामिछाने र पवन शर्राफले समान एक-एक विकेट हात पारे ।
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग