
लन्डन । जुझारु युवाहरुको एउटा समूहले लन्डनबाट गोर्खा च्यानल शुरु गर्ने भएको छ । अढाइ वर्षदेखि बेलायतबाट सञ्चालित गोर्खा टिभीको सिस्टर अर्गनाइजेशनका रुपमा गोर्खा च्यानल प्रसारणको तयारी अन्तिम चरणमा पुगेको मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा जनाइयो । च्यानलले आगामी ७ डिसेम्बरबाट औपचारिक रुपमा प्रसारण शुरु गर्ने बताइएको छ ।
२४ सै घण्टा प्रसारण हुने उक्त च्यानल आइपी टेक्नोलोजी, एप्स् र वेवमार्फत सर्वसाधारणले हेर्न सक्नेछन् । भविष्यमा स्याटेलाइट मार्फत प्रसारण गर्ने सोच समेत सञ्चालकहरुको छ । गोर्खा च्यानलको मार्केटिङमा वाङ तामाङ, प्राविधिकमा अमन गौचन, प्रशासन र पिआरमा दीप राना, प्रोडक्शन हेडमा राजेन्द्र भट्ट र व्यवस्थापनमा विमला सेने छन् ।
पत्रकार सम्मेलनमा कार्यक्रम उत्पादन प्रमुख भट्टले गोर्खा च्यानललाई समुदाय केन्द्रित गरिने जनाए । उनका भनाइमा च्यानलले ५५ प्रतिशत सामाग्री बेलायत केन्द्रित उत्पादन गरेपनि विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरुका चासोका विषय पनि च्यानलले समेट्ने छ । नयां प्रविधि प्रयोगमा पोख्त युवा पुस्तालाई च्यानलले बढि प्राथमिकता दिनेछ । उनले नमस्ते युरोप मार्फत विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरुको भावनालाई नजिकबाट नियाल्न पाएको उल्लेख गर्दै गोर्खा च्यानलमा पनि उनीहरुको भावना समेट्ने जनाए । ‘दर्शकहरुले मलाई नमस्ते युरोपकै जस्तै माया गोर्खा च्यानलमा पनि दिनु हुने विश्वास छ’, भट्टले भने । उनको हाल प्रसारण भइरहेको नमस्ते युरोप एनआरएनमाझ लोकप्रिय छ ।
अमेरिका, अष्ट्रेलिया, जापान, हङकङ, खाडी मुलुक र बेलायत केन्द्रित गरेर प्रसारण गर्ने चांजोपांजो मिलाइएको विमला सेनेले जनाइन् । सञ्चालकहरुले प्राविधिक, सम्पादक, प्रस्तोता र प्राविधिकहरु बेलायतबाटै राखिने जनाएका छन् ।
प्रविधि संयोजनको जिम्मा लिएका अमन गौचनले च्यानललाई अत्याधुनिक प्रविधिबाट प्रसारण गर्न कुनै कसर बांकी नराखिने जनाए । बजार व्यवस्थापनको अभिभारा लिएका वाङ तामाङले नेपाली समुदायभित्र मात्र नभइ अन्य एसियन समुदायमा समेत गएर मार्केटिङ गरिने जनाए । दीप रानाले अन्य च्यानलभन्दा फरक प्रस्तुति दिन आफूहरु सजग रहेको बताए । उनले बेलायतस्थित नेपाली समुदायका हरेक गतिविधि, मनोरञ्जन, खेलकुद र अन्य विषयलाई च्यानलले प्राथमिकता दिने पनि उल्लेख गरे ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो