
काठमाडौँ, ६ साउन । सिंगापुरमा जारी उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ ।
सिंगापुरको इन्डियन एशोसिएसनको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको सिंगापुर ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो ।
सिंगापुरका लागि रोहन रांगार्जनले २३, सिन अग्रवालले २१, सिद्धान्त सिंहले २५, युवराज सिंहले १९ र हन्सुल दीपले ३२ रन बनाए ।
सिंगापुरलाई १४६ रनमा रोक्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले चार विकेट लिए । त्यसैगरी किशोर महतो र पवन शर्राफले समान दुई दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरे । ८३ बल खेलेका उनले दुई छक्का र दुई चौका प्रहार गर्दै ५४ रन जोडे । प्रारम्भिक ब्याट्सम्यान सन्दिप सुनारले एक छक्का र दुई चौका हान्दै २६ तथा प्रकास केसीले २३ रन बनाए ।
बलिङतर्फ सिंगापुरका लागि वीर विक्रम विश्वासरेले तीन तथा आर्यमान सुनिल र अहान गोपीनाथले समान दुई÷दुई विकेट लिए । विश्वासरेले १० ओभरमा दुई मेडन राखि २९ रन दिए । आर्यमानले पाँच ओभरमा २३ रन तथा गोपीनाथले १० ओभरमा ३१ रन खर्चे । अंश भार्गभ र रोहनले एक-एक विकेट लिए ।
डबल राउण्ड रोविन लिगमा भएको उक्त प्रतियोगितामा नेपालले यसअघि पहिलो खेलमा सिंगापुरलाई चार विकेटले तथा मलेसियालाई पाँच विकेटले हराएको थियो । बिहीबार तेस्रो खेलमा अफगानिस्तानसँग नेपाल १४१ रनले पराजित भएको थियो ।
प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष न्युजिल्याण्डमा हुने उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगितामा खेल्न पाउनेछ । चार खेल खेलिसक्दा नेपाल तीन जित र एक हारसँगै ६ अङ्कका साथ दास्रो स्थानमा छ । अफगानिस्तान अहिलेसम्म खेलेको चारवटैमा विजयी भई ८ अङ्कसहित शिर्ष स्थानमा रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक