लन्डन । निर्वाचनमा खटिएका बेला अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम हातले टिपेर बाहिर फाल्ने साहस देखाएका प्रहरी हवल्दारलाई बेलायतबाट आर्थिक सहयोग गरिने भएको छ । बेलायतस्थित पूर्व प्रहरीहरुको संगठन पूर्व प्रहरी परिवार मञ्च यूकेले साहसी हवल्दार दुर्गाबहादुर रानालाई ५१ हजार रुपैयां प्रदान गर्न लागेको मञ्चका अध्यक्ष बाचस्पति रेग्मीले बताए ।
प्रहरीको उच्च मनोबल र साहसका लागि बेलायतबाट आर्थिक सहयोग गर्न लागिएको रेग्मीले बताए । सहयोग प्रहरी मुख्यालय पठाएर रानाको हातमा दिने मञ्चको तयारी छ । रेग्मी र पूर्व अध्यक्ष शिवजी श्रेष्ठको पहलमा आर्थिक सहयोग जुटाइएको हो ।
दोश्रो चरणको निर्वाचनका बेला तुलसीपुर नगरपालिका वडा नं ३ को आम्वासमा रहेको मतदान केन्द्रमा अज्ञात समूहले बम फालेको थियो । हवल्दार रानाले उक्त बम केही सेकेन्डमै जहांबाट आएको हो त्यहीं फालेर मतदानमा खटिएका कर्मचारी र मतदातालाई बचाएका थिए ।
गृहमन्त्री जनार्दन शर्मा र प्रहरीका उच्च अधिकारीले साहसिक काम गरेको भन्दै हवल्दार रानालाई त्यतिबेला धन्यवाद दिएका थिए ।गृहमन्त्री शर्माले प्रहरी हवल्दार रानालाई पुरस्कृत गर्ने समेत घोषणा गरेका थिए । सल्यानको शारदा नगरपालिका–१ निवासी राना २०६० सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’