लन्डन । बेलायतको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले लन्डनमा २०४ औं आदिकवि भानु जयन्ती मनाएको छ । कविता वाचन, पुस्तक लोकार्पण तथा पुरस्कार सुशोभन जस्ता कार्यक्रम गरी जयन्ती मनाइएको हो ।
वेष्ट लन्डनको एक्टनस्थित एबीआइ कलेजमा आयोजित समारोहमा पुरस्कार सुशोभन गर्दै परिषदका संरक्षक राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली साहित्य आकासको जग हाल्ने आदिकवि भानुभक्तको सम्झना साहित्यिक जमघटबाट गरिनु अत्यन्त सरहानीय कार्य भएको र यसै शुभ अवसरमा श्रष्टाहरुलाई सम्मान गर्न पाउंदा खुसी लागेको बताए ।
सभापतिको आसनबाट बोल्दै पुरस्कृत साहित्यकार परिषदका संस्थापक तथा अध्यक्ष सुरेशजंग शाहले नेपाली साहित्य आकाशका चम्किला तारा भानुको प्रेरणा समाजमा बांड्न सकेमात्र पनि समाजको विकास राष्ट्रिय भावमा रुपान्तरित हुंदै जाने चर्चा गरे । नइ गणेश दुर्गा पुरस्कार दिएर आफ्नो विगत तीन दशक भन्दा बढि समय देखि गर्दै आएको साहित्यिक गतिविधिको मुल्यांकन गरिएकामा शाहले नइ प्रकाशनप्रति आभार प्रकट गरे ।
कवि कोमल प्रसाद श्रेष्ठ मल्लको लोकार्पित पुस्तक ‘म के लेखुं ?’ माथि समीक्षा गर्दै परिषदका निवर्तमान अध्यक्ष कवि खगेन्द्र नेपालीले कविता संग्रहले भाव र भूमिबाट संवेदनशील अर्थ बोकेको बताउंदै कवि कोमलको काव्यिक क्षमताको चर्चा गरे ।
कार्यक्रममा वरिष्ठ सहअध्यक्ष कवि कोमलप्रसाद श्रेष्ठ मल्लले स्वागत मन्तव्य दिएका थिए । त्यस्तै सहअध्यक्ष कवि ध्रुव केसी र महासचिव डा. सुधा श्रेष्ठले नेपाली साहित्य विकास परिषद यूकेका हरेक गतिविधि र श्रष्टाले गरेका सिर्जना सबै देशको माटोका लागि समर्पित रहेको धारणा राखे ।
यस अघि आदिकवि भानुको तस्विरमा प्रमुख अतिथि तथा अतिथिहरुबाट श्रद्धापूर्ण माल्यार्पण गरिएको थियो । समारोहमा प्रमुख अतिथि राजदूत सुवेदीले साहित्यकार सुरेशजंग शाहलाई सृजना र संगठनबाट देश विदेशमा नेपाली साहित्य फैलाउने उत्कृष्ट कार्य गरे वापत नई प्रकाशन नेपालबाट प्रदान गरिएको स्वर्णपत्र र नगद ५० हजारको पुरस्कार सुशोभन हस्तान्तरण गरेका थिए भने नेपाली साहित्य विकास परिषद यूकेका वरिष्ठ सहअध्यक्ष कवि कोमलप्रसाद श्रेष्ठ मल्लको कविता संग्रह ‘म के लेखुं ?’ पुस्तकको लोकापर्ण गरेका थिए ।
समारोहको दोश्रो चरणमा कविहरूले आ आफ्ना अत्यन्त मर्मस्पर्शी कविता सुनाएर श्रोताहरूलाई भाव विभोर बनाएका थिए । कविहरु वसन्त रायक्षेत्री, खगेन्द्र नेपाली, घनबहादुर थापा मगर, हरिसिंह थापा, ध्रुव केसी, रेशमलाल अर्याल, बद्रीप्रसाद कुइंकेल, प्रेणा थापा, प्रकाश छान्छा राई, डा. सुधा श्रेष्ठ, वीरेन्द्र कुंवर, कोमल मल्ल र सुरेशजंग शाह थिए ।
समारोहमा पूर्व अध्यक्ष कवि हरिसिंह थापा र बद्रीप्रसाद कुंइकेलले भानुभक्तीय रामायणको श्लोक वाचन गरेका थिए भने कोशेली नेपाली सांस्कृतिक परिवार यूकेका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापाले सारंगीबाट मंगल धुन बजाएका थिए ।
समारोहमा जलपान तथा ब्यवस्थापनतर्फ सहयोग पुरयाउने वरिष्ठ व्यक्तित्वहरु डा.राघव प्रसाद धिताल (ओबीई) तथा डा. जनक कुमारी धिताल, कोसेली सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष मदन थापा, परिषदका पूर्व अध्यक्ष कवि हरिसिंह थापा तथा श्रीमती देव कुमारी थापा, परिषदका सल्लाहकार कवि घन बहादुर थापामगर तथा श्रीमती कृष्ण थापामगर, कार्यकारिणी सदस्य वसन्त रायक्षेत्री, पूर्व कार्यकारिणी सदस्य ज्ञानेन्द्र राउत, कवि कोमल मल्ल तथा कोहिनुर मल्ल, वीरेन्द्र कुंवर, रेशमलाल अर्याल, ध्रुब केसी, राज कुमार थापा, एबीआइ कलेजका प्रोप्राइटर कृष्ण भट्ट तथा फोटो पत्रकार एभरेस्ट गौतमका साथै उपस्थित सबै व्यक्तित्वमा परिषदले विशेष धन्यवाद ज्ञापन गरेको थियो ।
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर मतदान जारी
नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
इरान आक्रमणप्रति चीनको असहमति
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो