काठमाडौं। नेपालले आइसिसी यु–१९ प्रिमियर ट्रफीमा आयोजक कुवेतलाई २ सय ६२ रनको फराकिलो अन्तरले पराजित गरेको छ। कुवेत सिटीको दोहा इन्टरटेनमेन्ट ग्राउन्डमा भएको खेलमा ३ सय २६ रनको लक्ष्य पछ्याएको कुवेतले २७ ओभर ४ बलमा अल आउट हुँदै ६३ रनमा समेटिएको छ। कुवेतका तीन ब्याट्स बाहेकका अन्यले दोहोर अंकमा रन बनाउन सकेनन् ।
टस हारेर ब्याटिङ गर्न उत्रिएको नेपालले खराब शुरुवात गरेको थियो।
४ ओभर २ बलमा ३ विकेट गुमाएर संकट परेको नेपाली इनिङका लागि आरिफ शेखले सम्हालेका थिए । इनिङको अन्त्यतिर सौरभ खनाल, दीपेन्द्रसिंह ऐरीले सातौ विकेटका लागि ६ ओभर ५ बलमा ९४ रनको विष्फोट साझेदारी गरेपछि निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५ रन बनायो। २० बल खेल्दै ऐरीले ४८ रन जोडे। ४९ ओभर ५ बलमा रन आउट हुनुअघि ऐरीले चार छक्का र २ चौका प्रहार गरे।
३५ बल खेलेका खनाल ६४ रनमा नट आउट रहे। नेपालका लागि आरिफ शेखले सम्हालिएको ब्याटिङ गर्दै १ सय ११ बलमा ८७ रनको इनिङ खेले । उनले चौथो विकेटका लागि राजु रिजालसँग ९३, पाँचौ विकेटक लागि सन्दीप सुनारसँग ९३ र छैटौ विकेटका लागि सौरभ खनालसँग २७ रनको साझेदारी गरेका थिए। रिजालले ३, सुनारले ४९ बनाए ।
आइतबारको खेलमा नेपालले साउदी अबरविरुद्ध ३ सय २१ रन बनाएको थियो। सो खेलमा साउदी अरब १ सय ९५ रनले पराजित भएको थियो।
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार