
इलाम नगरपालिका–५ मा एमालेका वडाध्यक्षसहित प्यानल नै विजयी भएपछि विजयी उत्सव मनाउँदै जनप्रतिनिधिहरू । तस्बिरः गोविन्द लामिछाने, इलाम, रासस
काठमाडौँ, १९ असार । आज बिहान ९ बजेसम्म २३७ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ ।
दोश्रो चरणअन्तर्गत यही असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार, हाल ९१ स्थानीय तहको मतगणना कार्य जारी छ भने छ स्थानीय तहमा स्थगित भएको मतगणना कार्य सञ्चालन गर्ने प्रयास भइरहेको छ ।
हालसम्म १८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना कार्य सम्पन्न भएका जिल्लामा प्रदेश नं १ को खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बु छन् ।
यसैगरी, प्रदेश नं ५ को गुल्मी, पाल्पा, रोल्पा, रुकुम, छन् भने प्रदेश नं ७ को डडेल्धुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भइसकेको निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी