
लन्डन । बिजनेश क्लास टिकट नपाएको बहानामा अभिनेता भुवन केसी र उनका छोरा नायक अनमोल केसीले बेलायतमा हुन लागेको अवार्डस कार्यक्रम रद्द गरिदिएका छन् । भिसा लिएर दशौं नेपाली फिल्म फेयर अवार्डस कार्यक्रमका लागि उड्ने बेला भुवनले आफूहरु बिजनेश क्लास टिकट भए मात्र यात्रा गर्ने जिद्दी गरेका थिए । तर, आयोजकले महंगो टिकट खरिद गर्न नसक्ने बताए लगत्तै भुवन बाबु छोराले यात्रा रद्द गरेको आयोजक थर्ड आइका विकास देवकोटाले जनाए ।
‘नेपालबाट आउने तीस भन्दा बढि कलाकार सबै इकोनोमिक क्लासमा आएका बेला हामीले उनीहरु दुई जनालाई मात्र विजनेश क्लास अफर गर्न चाहेनौं’, देवकोटाले भने, ‘नेपाली फिल्म प्रवर्धनका लागि सात समुद्रपार गर्न लागिएको कार्यक्रममा सपोर्ट गर्नुको सट्टा भुवनजीले टिकटको बहानामा जुन हर्कत देखाउनुभयो हामी ज्यादै असन्तुष्ट छौं ।’
भुवनले आफ्नी पूर्व श्रीमति सुस्मिता केसीलाई बेलायत झिकाए आफूहरु नजाने बार्गेनिंग समेत गरेको देवकोटाले बताए । यसअघि आयोजक सुस्मितालाई बेलायत झिकाउने पक्षमा थियो ।
आज १ जुलाई सांझ ६ बजेदेखि अल्डरसटको एम्पायर हलमा अवार्डस कार्यक्रम हुंदैछ । उक्त कार्यक्रमकै लागि नेपालबाट कलाकारहरु करिष्मा मानन्धर, आर्यन सिग्देल, अनुप विक्रम शाही, केकी अधिकारी, अशिष्मा नकर्मी, वर्षा सिवाकोटी, सुरबीना कार्की, नम्रता योगी, सलोन बस्नेत, गायिका सन्जिवनी, गायक आनन्द कार्की, संगीतकार शिखर सन्तोष, प्रदीप उदय, पुस्कर लामा, रामकेशर बोगटी, ज्ञानेन्द्र देउजा, सुन्दरलाल श्रेष्ठ, कुशल थापा आदि गरि तीस भन्दा बढि कलाकार – प्राविधिक बेलायत आइसकेका छन् ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]