लन्डन, ७ असार । बेलायती युवराज वा ड्युक अफ एडिनबराका नामबाट विश्वमा परिचित तथा महारानी एलिजाबेथ द्वितीयाकी पति ९६ वर्षीय फिलिप अस्पताल भर्ना हुनुभएको छ ।
शरीरमा सङ्क्रमण भएको कारण पूर्वसावधानी अपनाउन र आवश्यक उपचार गराउने प्रयोजनका लागि उहाँलाई लन्डनको किङ्ग एड्वार्ड सातौँ नामक स्थानीय अस्पताल भर्ना गरिएको बकिङ्घम राजप्रासादले बुधबार जानकारी दिएको छ ।
पहिलेको तुलनामा उहाँको स्वास्थ्यमा सङ्क्रमण बढेको पाइएपछि उहाँलाई अस्पताल भर्ना गरिएको दरबार स्रोतले जानकारी दिएको छ । युवराज फिलिपले यसै वर्षको अन्त्यसम्ममा आफूले बहन गरिरहेको सार्वजनिक दायित्वबाट मुक्त हुने घोषणा गरिसक्नु भएको थियो ।
त्यस्तै, आजै सुरु हुन लागेको यसपालिको संसदको सत्रको उद्घाटन समारोह र रोयल एस्कोट हर्स रेस अश्वारोहण कार्यक्रममा स्वयम् उपस्थित हुनुहुने महारानी एलिजाबेथ सँगसँगै युवराज फिलिप पनि उपस्थित हुनुहुने कार्य तालिका निश्चित गरिएको थियो ।
युवराज फिलिप अस्वस्थ रहनु भएका कारण उहाँको सट्टा अब राजदम्पतिका पुत्र नवयुवराज चाल्सले आफ्नी आमा महारानी एलिजाबेथसँगै उपस्थित हुनुहुनेछ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]