लन्डन, ७ असार । बेलायती युवराज वा ड्युक अफ एडिनबराका नामबाट विश्वमा परिचित तथा महारानी एलिजाबेथ द्वितीयाकी पति ९६ वर्षीय फिलिप अस्पताल भर्ना हुनुभएको छ ।
शरीरमा सङ्क्रमण भएको कारण पूर्वसावधानी अपनाउन र आवश्यक उपचार गराउने प्रयोजनका लागि उहाँलाई लन्डनको किङ्ग एड्वार्ड सातौँ नामक स्थानीय अस्पताल भर्ना गरिएको बकिङ्घम राजप्रासादले बुधबार जानकारी दिएको छ ।
पहिलेको तुलनामा उहाँको स्वास्थ्यमा सङ्क्रमण बढेको पाइएपछि उहाँलाई अस्पताल भर्ना गरिएको दरबार स्रोतले जानकारी दिएको छ । युवराज फिलिपले यसै वर्षको अन्त्यसम्ममा आफूले बहन गरिरहेको सार्वजनिक दायित्वबाट मुक्त हुने घोषणा गरिसक्नु भएको थियो ।
त्यस्तै, आजै सुरु हुन लागेको यसपालिको संसदको सत्रको उद्घाटन समारोह र रोयल एस्कोट हर्स रेस अश्वारोहण कार्यक्रममा स्वयम् उपस्थित हुनुहुने महारानी एलिजाबेथ सँगसँगै युवराज फिलिप पनि उपस्थित हुनुहुने कार्य तालिका निश्चित गरिएको थियो ।
युवराज फिलिप अस्वस्थ रहनु भएका कारण उहाँको सट्टा अब राजदम्पतिका पुत्र नवयुवराज चाल्सले आफ्नी आमा महारानी एलिजाबेथसँगै उपस्थित हुनुहुनेछ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार