लन्डन । लन्डन वेम्लीस्थित विश्वप्रसिद्ध एसएसइ एरिनामा नेपालीले अर्को ऐतिहासिक कन्सर्ट गर्दैछन् यही १७ जुन सांझ शनिबार । कन्सर्टमा एकैपटक चार वटा ब्याण्डको प्रस्तुति हुन लागेको हो । युवा मनका ढुकढुकी गायक बिपुल क्षेत्री (ट्राभलिङ ब्याण्ड), अल्बाट्रोस, कुटुम्ब एवं एज ब्याण्ड गरि चारवटा व्याण्डले एकैपटक गीत संगीत प्रस्तुत गर्ने तयारी छ ।
बी फेस्ट र पर्चा प्रोडक्सनले गर्न लागेको ‘जुन फेस्टिभल’ नामक कन्सर्टका लागि २५ सदस्यीय कलाकारहरुको टिम लन्डन उत्रिइसकेको आयोजकले जनाएका छन् । बुधबार र बिहीबार दुई दिनमा कलाकार लन्डन आएका हुन् । बेलायत उत्रिएपछि कलाकारहरुको सम्मानमा अल्डरसटस्थित प्यालेसमा मिट एण्ड ग्रीट गरिएको छ ।
‘तयारी व्यापक छ, कलाकारहरुले आज वेम्ली एरिना भिजिट गरे’, आयोजक पर्चा प्रोडक्सनका सिइओ समिर गुरुङले भने, ‘भोलि शुक्रबार अन्तिम रिहर्सल हुनेछ । हामी शनिबारको कार्यक्रमका लागि ज्यादै उत्साहित छौं ।’
सन् २०१३ मा पर्चा प्रोडक्सनले वेम्ली एरिनामा पहिलोपटक ‘नेपथ्य’ ब्याण्ड ल्याएर कन्सर्ट गरेको थियो । झण्डै चार वर्षपछि उही भेन्यूमा हुन लागेको कन्सर्ट यसपटक ब्याण्ड र दर्शक संख्याका कारण अझ ऐतिहासिक हुने आयोजकको विश्वास छ ।
साढे १२ हजार दर्शक क्षमताको उक्त भेन्यूमा कम्तीमा दश हजार दर्शक उतार्ने चुनौति आयोजकमाथि छ । आयोजकका तर्फबाट कार्यक्रम सफल बनाउन समिर गुरुङ, दीपेन्द्र लामा, सिद्धार्थ गुरुङ, कपिल गुरुङ र प्रशासन गुरुङ जुटेका छन् । ३५ पाउण्ड प्रवेश शुल्क तोकिएको उक्त कन्सर्ट करिब चार घण्टा निरन्तर चल्नेछ ।
‘नेपाली संगीतप्रेमी दर्शकहरुले यो कार्यक्रम छुटाउनै हुंदैन्’, समिर भन्छन्, ‘कार्यक्रममा सहभागी भएर कलाकार अनि नेपाली गीत-संगीतप्रतिको माया दर्शाइदिन हामी बेलायतवासी सबै नेपालीमा आग्रह गर्दछौं ।’ उनले कार्यक्रममा कडा सुरक्षा व्यवस्था मिलाइएको जनाउंदै ढुक्क भएर मनोरन्जन लिन पनि आग्रह गरे ।
नेपाली गीत संगीत अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले बताएका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]