लन्डन । लन्डन वेम्लीस्थित विश्वप्रसिद्ध एसएसइ एरिनामा नेपालीले अर्को ऐतिहासिक कन्सर्ट गर्दैछन् यही १७ जुन सांझ शनिबार । कन्सर्टमा एकैपटक चार वटा ब्याण्डको प्रस्तुति हुन लागेको हो । युवा मनका ढुकढुकी गायक बिपुल क्षेत्री (ट्राभलिङ ब्याण्ड), अल्बाट्रोस, कुटुम्ब एवं एज ब्याण्ड गरि चारवटा व्याण्डले एकैपटक गीत संगीत प्रस्तुत गर्ने तयारी छ ।
बी फेस्ट र पर्चा प्रोडक्सनले गर्न लागेको ‘जुन फेस्टिभल’ नामक कन्सर्टका लागि २५ सदस्यीय कलाकारहरुको टिम लन्डन उत्रिइसकेको आयोजकले जनाएका छन् । बुधबार र बिहीबार दुई दिनमा कलाकार लन्डन आएका हुन् । बेलायत उत्रिएपछि कलाकारहरुको सम्मानमा अल्डरसटस्थित प्यालेसमा मिट एण्ड ग्रीट गरिएको छ ।
‘तयारी व्यापक छ, कलाकारहरुले आज वेम्ली एरिना भिजिट गरे’, आयोजक पर्चा प्रोडक्सनका सिइओ समिर गुरुङले भने, ‘भोलि शुक्रबार अन्तिम रिहर्सल हुनेछ । हामी शनिबारको कार्यक्रमका लागि ज्यादै उत्साहित छौं ।’
सन् २०१३ मा पर्चा प्रोडक्सनले वेम्ली एरिनामा पहिलोपटक ‘नेपथ्य’ ब्याण्ड ल्याएर कन्सर्ट गरेको थियो । झण्डै चार वर्षपछि उही भेन्यूमा हुन लागेको कन्सर्ट यसपटक ब्याण्ड र दर्शक संख्याका कारण अझ ऐतिहासिक हुने आयोजकको विश्वास छ ।
साढे १२ हजार दर्शक क्षमताको उक्त भेन्यूमा कम्तीमा दश हजार दर्शक उतार्ने चुनौति आयोजकमाथि छ । आयोजकका तर्फबाट कार्यक्रम सफल बनाउन समिर गुरुङ, दीपेन्द्र लामा, सिद्धार्थ गुरुङ, कपिल गुरुङ र प्रशासन गुरुङ जुटेका छन् । ३५ पाउण्ड प्रवेश शुल्क तोकिएको उक्त कन्सर्ट करिब चार घण्टा निरन्तर चल्नेछ ।
‘नेपाली संगीतप्रेमी दर्शकहरुले यो कार्यक्रम छुटाउनै हुंदैन्’, समिर भन्छन्, ‘कार्यक्रममा सहभागी भएर कलाकार अनि नेपाली गीत-संगीतप्रतिको माया दर्शाइदिन हामी बेलायतवासी सबै नेपालीमा आग्रह गर्दछौं ।’ उनले कार्यक्रममा कडा सुरक्षा व्यवस्था मिलाइएको जनाउंदै ढुक्क भएर मनोरन्जन लिन पनि आग्रह गरे ।
नेपाली गीत संगीत अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले बताएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा