लण्डन । यसवर्षको गोरखा कपमा भाग लिनेहरुले १० पाउण्डमा मिनी कुपरको कार जित्नसक्ने छन् ।
क्याबर्लीस्थित कार बिक्रेता कम्पनी युके कार जोनले १० पाउण्डको राफल ड्रमा मिनी कुपर राखेको हो । साथै सो राफल ड्रमा युके कार जाेनबाट कार खरिदमा १०० पाउण्ड तथा ब्ल्याकबाटर अटाेवर्कमा कार मर्मत र एमओटीमा १० पाउण्डको गिफ्ट भौचरसमेत राखिएको कार जोनका निर्देशक विप्लव गुरुङले बताए ।
सो राफल टिकट गोरखा कपमा रहेको कार जोनको स्टलबाट किन्न सकिने बताइएको छ भने त्यसअघि विभिन्न नेपाली पसलहरुबाट पनि खरिद गर्न सकिने गुरुङले जानकारी दिए ।
गोरखा कप युकेमा नेपालीहरु भेला हुने एउटा पर्व भएकाले त्यसलाई अझ उल्लासमय बनाउन सो अफर राखिएको उनले बताए । उनका अनुसार सो कार राम्रो अवस्थामा रहेको, भर्खरै एमओटी र सर्भिसिङ गरिएको अनि वारेन्टीसहित प्रदान गरिने छ ।
राफल ड्र गोरखा कपका दिन साँझ ६ बजे खोलिने छ ।
युवा व्यवसायी गुरुङले सन्चालन गर्दै आएको युके कारजोनले गत वर्ष पनि माज्दा कार राफल ड्रमा राखेको थियो ।
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता