
लन्डन । नेपलिज कम्युनिटी ननिटनले आगामी ४ जुन आइतबार एउटा च्यारिटी दौड गर्ने भएको छ । ‘रन फर नेपाल यूके’ नाम दिइएको उक्त च्यारिटी दौड चौंथो पटक हुन लागेको हो । दौडमा विभिन्न उमेर समूह सहभागी हुने कम्युनिटीले जनाएको छ । क्याटेगोरी वानमा ५ किमी र क्याटेगोरी टुमा १० किमी लामो दौड हुनेछ ।
बिहान ११ बजे स्यान्डन पार्क, वेडिङटनबाट शुरु हुने दौड वेडिङटन ट्रेल, क्याम्प हिल कम्युनिटी नेचर पार्क, कोभेन्ट्री कनाल हुंदै स्यान्डन पार्कमा आएर समापन हुने जनाइएको छ ।
५ पाउण्ड शुल्क राखिएको उक्त च्यारिटी दौडमा भाग लिन कम्युनिटीले सबैमा आग्रह गरेको छ । यसपटक दौडबाट संकलित रकम आम्ड फोर्सेस च्यारिटी र दि हेल्प नेपाल अपिलका लागि प्रदान गरिने आयोजक कमिटीका सदस्य विनोद श्रेष्ठले जनाए । उनले दौड कार्यक्रमले नेपालीहरुलाई एकै ठाउंमा एकत्रित गरेर आर्थिक सहयोग जुटाउने बताए ।
बिजेताले मेडल र प्रत्येक क्याटेगोरीबाट कपल वीनरलाई जिन्जर ट्रीले प्रायोजन गरेको ‘फ्रि’ खाना भाउचर दिइनेछ । इभेन्टमा बालबालिकाका लागि विभिन्न खेल र भूतपूर्व ब्रिटिस गोर्खा सेफ सालिक पुनको बीबीक्यू स्टायल खाना थप आकर्षण हुनेछ ।
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक