काभ्रे, ६ जेठ । नेकपा (एमाले)ले हिंसाले नभई जनताको विश्वासले चुनाव जितेको एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले बताउनुभएको छ ।
बनेपा नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुखमा जितेको अवसरमा गरिएको बधाई कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
“पहिले नै हामीले किन एमालेलाई जिताएनौँ भन्ने काम हामी गरेर देखाउँछौँ ।” ओलीले भन्नुभयो, एमाले घातको राजनीति गर्दैन, बेइमानीको राजनीति गर्दैन भन्दै अध्यक्ष ओलीले पाँच वर्षभित्रमा एमालेले बनेपालाई ऐतिहासिक नगरका रुपमा विकसित गर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले पहिलेको वडाध्यक्ष्यको जस्तो भूमिका नभई सम्पूर्ण जिम्मेवारी स्थानीय निकायमै पाइने र जनताको हातमा हुने जानकारी दिनुभयो । उहाँले नवनिर्वाचित पदाधिकारीले बनेपा क्षेत्रमा उल्लेखनीय कार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
बधाई कार्यक्रममा बनेपा नगरका नवनिर्वाचित नगर प्रमुख लक्ष्मीनरसिंह बादेले आफ्नो कार्यकालको प्रमुख कार्य भनेको भ्रष्टाचार नियन्त्रण गर्नुरहेको बताउनुभयो ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह