काभ्रे, ६ जेठ । नेकपा (एमाले)ले हिंसाले नभई जनताको विश्वासले चुनाव जितेको एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले बताउनुभएको छ ।
बनेपा नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुखमा जितेको अवसरमा गरिएको बधाई कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
“पहिले नै हामीले किन एमालेलाई जिताएनौँ भन्ने काम हामी गरेर देखाउँछौँ ।” ओलीले भन्नुभयो, एमाले घातको राजनीति गर्दैन, बेइमानीको राजनीति गर्दैन भन्दै अध्यक्ष ओलीले पाँच वर्षभित्रमा एमालेले बनेपालाई ऐतिहासिक नगरका रुपमा विकसित गर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले पहिलेको वडाध्यक्ष्यको जस्तो भूमिका नभई सम्पूर्ण जिम्मेवारी स्थानीय निकायमै पाइने र जनताको हातमा हुने जानकारी दिनुभयो । उहाँले नवनिर्वाचित पदाधिकारीले बनेपा क्षेत्रमा उल्लेखनीय कार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
बधाई कार्यक्रममा बनेपा नगरका नवनिर्वाचित नगर प्रमुख लक्ष्मीनरसिंह बादेले आफ्नो कार्यकालको प्रमुख कार्य भनेको भ्रष्टाचार नियन्त्रण गर्नुरहेको बताउनुभयो ।
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम