
लन्डन । नेपाली सांगीतिक दुनियामा आफ्नो छुट्टै पहिचान बनाउन सफल ब्याण्ड हो ‘ग्लुमी गाइज’ । सोही ब्याण्डका आकाशैमा चिल उड्यो, दार्जिलिङको रेलैमा, मायाको डोरी लगायत थुप्रै गीत अझै पनि संगीतप्रेमी दर्शक-स्रोताको मानसपटलमा ताजै छ । दश वर्षपछि सोही ब्याण्डका गितारिस्ट एवं भोकलिष्ट सुजेश वैद्यले एकल रुपमा ‘हे मोरी…’ गीतको भिडियो युट्यूब मार्फत सार्वजनिक गरेका छन् ।
लामो समयदेखि बेलायत बस्दै आएका वैद्यले भिडियोको सम्पूर्ण छांयाकन पनि बेलायतमै गरेका छन् । नेपाल गएर भिडियो बनाउन हुने झन्झट अन्त्य र बेलायतको लोकेसन दर्शकका लागि नयां हुनुका साथै बेलायतमै राम्रो टिम पाएपछि यतै भिडियो निर्माण गरेको सुजेशले बताए । भिडियो आफूले सोचे भन्दा राम्रो बनेको उनले सुनाए ।
भिडियोमा एलिसा वैद्य र टंक धमलाको अभिनय छ भने अर्जुन पान्डे र आशिष श्रेष्ठ अतिथि कलाकारका रुपमा देखिएका छन् । ड्रेस अन्जली केसी, मेकअप दिपिका श्रेष्ठ र सह–छायांकन रुपक प्रजापतिको छ । भिडियो निर्माणमा बेलायतमा नेपालीद्वारा सञ्चालित भोरी ट्रान्सपोर्टले पनि सहयोग गरेको छ ।
भिडियोको छायांकन, सम्पादन एवं निर्देशन बेलायतमा स्थापित सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । म्यूजिक भिडियोसहित फोटोग्राफी र भिडियोग्राफीमा श्रेष्ठको सक्रियताले बेलायतबासी नेपाली समुदायलाई सहज भएको छ ।
भिडियो
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान