काठमाडौं। नेपाली क्रिकेट टोली हङकङसँगको पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिज खेल्न शुक्रबार श्रीलंका पुग्ने भएको छ। श्रीलंकामा रहँदा नेपाली टोलीले हङकङसँग तीन वटा टी ट्वान्टी र ५० ओभरको खेल पनि खेल्ने छ।
त्यसैगरी नेपालले श्रीलंकाली बोर्डको टोलीसँग चार वटा तीन दिवसीय खेल खेल्नेछ । हङकङको टोली भने मंसिर एक गते मात्रै श्रीलंका पुग्ने छ।
टेस्ट मान्यता नपाएका एसियाली राष्ट्र नेपाल, अफगानिस्तान, हङकङ र युएईले श्रीलंका भ्रमण गर्ने एसिसीले बुधबार आफ्नो वेबपेजमा उल्लेख गरेको छ।
एसियाली क्रिकेट परिषद (एसिसी) का डेभलपमेन्ट म्यानेजर बन्दुला वार्नापुराको अनुरोधमा श्रीलंकाली क्रिकेटको कार्यकारी कमिटीले उत्कृष्ट चार एसियन एसोसिएट राष्ट्रको श्रीलंका भ्रमण स्वीकृत गरेको हो।
नेपालका प्रशिक्षक पुबुदु दासानायकेले श्रीलंकाको यो ‘अफर’प्रति आभार व्यक्त गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्।
उनले तीन दिवसीय खेल र पहिलो अन्तर्राष्ट्रिय टी-ट्वान्टीका लागि आफ्नो टीम तयार रहेको समेत बताए ।
नेपाल र हङकङले २०१५ मा एसीसीका कुनै पनि टि-ट्वान्टी खेल खेल्नु पर्दैन। यी दुवै टीमले गत साल टी-ट्वान्टी विश्वकप खेलेपछि स्वत: आउँदो साल आयरल्याण्डमा हुने आइसीसी टी-ट्वान्टी विश्वकप छनौट खेल खेल्नेछन्।
नेपालले टी-ट्वान्टी विश्वकप पछि अन्तर्राष्ट्रिय टि-ट्वान्टी मान्यता प्राप्त गरेपनि कुनै पनि अन्तर्राष्ट्रिय टि-ट्वान्टी खेलेको छैन। भिजन थ्री प्रतियोगिताअघि श्रीलंकाका विभिन्न क्लबहरुसँग नेपालले अभ्यास खेल खेलेको थियो। मलेसियामा भएको प्रतिस्पर्धामा युगान्डालाई पराजित गर्दै नेपाल डिभिजन थ्री च्याम्पियन बनेको थियो।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा