
काठमाडौँ २८ वैशाख । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०१७ मा ७.५ प्रतिशतले (बजार मूल्यमा) वृद्धि हुने प्रक्षेपण गरेको छ ।
विश्व बैंकले आज सार्वजनिक गरेको प्रतिवेदमा मनसुनी वर्षाका कारण कृषि उत्पादकत्वमा वृद्धि, विद्युत आपूर्तिमा वृद्धि र भूकम्पपछिको पुनःनिर्माणमा लगानी वृद्धि भएका कारण २३ वर्षयताकै आर्थिक वृद्धिदर बढ्ने भएको हो ।
विश्व वैंकको प्रतिवेदनअनुसार सन् १९९४ पछि सन् २०१७ मा नेपालमा ७.५ प्रतिशतले आर्थिक वृद्धि हुने भएको हो । सन् २०१५ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशतले वृद्धि भएको थियो भने सन् २०१६ मा १४ वर्षयताकै न्यून शून्य दशमलव ४ प्रतिशतले आर्थिक वृद्धि भएको थियो ।
विश्व बैंकले गतवर्ष नेपालमा भारतको आर्थिक नाकाबन्दीका कारण आर्थिक वृद्धिमा ठूलो असर पुगेको जनाएको छ । नेपालमा यस वर्ष धान उत्पादन ५.२ मिलियन मेट्रिक टन बराबर पुग्ने आँकलन गरिएको छ । गत वर्ष भने धान उत्पादन ४.२ मिलियन मेट्रिक टन मात्र भएको थियो । यातायात तथा नाकाबन्दीपूर्वको अवस्थामा फर्कनाका साथै पर्यटन क्षेत्रमा पनि व्यापक सुधार आएर पनि निर्यातको अवस्थामा उल्लेखनीय सुधार आउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा