लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले नेपालको जुम्लामा प्रसुति केन्द्र निर्माण सहयोगार्थ एक च्यारिटी गर्ने भएको छ । आगामी २६ अगष्ट २०१७ सांझ लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा कार्यक्रम हुन लागेको हो ।
एसोसिएसनकी महासचिव रस्मिता दर्लामीका अनुसार च्यारिटीमा औपचारिक कार्यक्रम सहित सांस्कृतिक प्रस्तुति, डिनर, डिजे, राफल र अक्सन हुनेछ । जुम्लामा प्रसुति केन्द्र अभावले महिलाहरु अकालमै ज्यान गुमाउन वाध्य भइरहंदा एक केन्द्र स्थापना गरि त्यस भेगका महिलाको स्वास्थ सेवा गर्न लागिएको दर्लामीले बताइन् ।
एसोसिएसनकी अध्यक्ष प्रसुना कंडेलले च्यारिटी कार्यक्रममा आएर मानवीय सहयोग गर्न सबैमा अपिल गरेकी छन् । एसोसिएसनले यस प्रोजेक्ट शुरु गर्न ४० हजार पाउण्ड पठाउने लक्ष्य लिएको छ । बांकी चन्दा क्रमशः पठाइनेछ ।
एसोसिएसनले प्रसुना कंडेलको संयोजकत्वमा यस प्रोजेक्ट सन् २०१४ मा गर्ने योजना बनाएपनि लगत्तै भूकम्पले स्थगित भएको थियो । भूकम्पपछि संस्थाले प्रोजेक्टको सट्टा भूकम्प पीडितकै सहयोगको लागि फिल्डमा गएर राहत वितरण तथा उपचार गरेको थियो ।
त्यसपछि संस्थाले भूकम्प अति प्रभावित सिन्धुपाल्चोक र गोरखामा एक एक गरि दुईवटा विद्यालय बनाइसकेको छ । संस्थाले प्रसुति केन्द्र प्रोजेक्टका लागि राधा पौडेलको ‘एक्सन वक्स नेपाल’ संस्थासंग सहकार्य गरिरहेको छ । नर्स समेत रहेकी पौडेलको ‘खलंगामा हमला’ पुस्तकले मदन पुरस्कार पाएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा