लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले नेपालको जुम्लामा प्रसुति केन्द्र निर्माण सहयोगार्थ एक च्यारिटी गर्ने भएको छ । आगामी २६ अगष्ट २०१७ सांझ लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा कार्यक्रम हुन लागेको हो ।
एसोसिएसनकी महासचिव रस्मिता दर्लामीका अनुसार च्यारिटीमा औपचारिक कार्यक्रम सहित सांस्कृतिक प्रस्तुति, डिनर, डिजे, राफल र अक्सन हुनेछ । जुम्लामा प्रसुति केन्द्र अभावले महिलाहरु अकालमै ज्यान गुमाउन वाध्य भइरहंदा एक केन्द्र स्थापना गरि त्यस भेगका महिलाको स्वास्थ सेवा गर्न लागिएको दर्लामीले बताइन् ।
एसोसिएसनकी अध्यक्ष प्रसुना कंडेलले च्यारिटी कार्यक्रममा आएर मानवीय सहयोग गर्न सबैमा अपिल गरेकी छन् । एसोसिएसनले यस प्रोजेक्ट शुरु गर्न ४० हजार पाउण्ड पठाउने लक्ष्य लिएको छ । बांकी चन्दा क्रमशः पठाइनेछ ।
एसोसिएसनले प्रसुना कंडेलको संयोजकत्वमा यस प्रोजेक्ट सन् २०१४ मा गर्ने योजना बनाएपनि लगत्तै भूकम्पले स्थगित भएको थियो । भूकम्पपछि संस्थाले प्रोजेक्टको सट्टा भूकम्प पीडितकै सहयोगको लागि फिल्डमा गएर राहत वितरण तथा उपचार गरेको थियो ।
त्यसपछि संस्थाले भूकम्प अति प्रभावित सिन्धुपाल्चोक र गोरखामा एक एक गरि दुईवटा विद्यालय बनाइसकेको छ । संस्थाले प्रसुति केन्द्र प्रोजेक्टका लागि राधा पौडेलको ‘एक्सन वक्स नेपाल’ संस्थासंग सहकार्य गरिरहेको छ । नर्स समेत रहेकी पौडेलको ‘खलंगामा हमला’ पुस्तकले मदन पुरस्कार पाएको थियो ।
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला
संयुक्त राष्ट्रसङ्घको मुख्यालय यूयोर्कमा मनाइयो आरोग्य दिवस
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो