जुरिच (स्विट्जरल्यान्ड), २२ वैशाख । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अर्जेन्टिनी स्ट्राइकर तथा बार्सिलोनाका प्रसिद्ध फुटबल खेलाडी लिओनल मेसीमाथि लगाइएको चार अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी लगाइएको प्रतिबन्ध शुक्रबारबाट हटाएको छ ।
विश्वकप छनौट चरणको खेलअन्तर्गत गत हप्ता चिलीसँग मार्चमा भएको खेलमा ‘विश्व फुटबल स्टार’ मेसीले सहायक रेफ्रीलाई धम्क्याएको भनी उहाँमाथि चारवटा अन्तर्राष्ट्रिय खेल खेल्नमा फिफाद्वारा नै प्रतिबन्ध लगाएको थियो ।
फिफाको पुनरावेदन समितिले मेसीमाथि कारबाही गर्ने प्रशस्त आधार नभेटिएको भन्दै यसअघि फिफाद्वारा नै लगाएको प्रतिबन्धलाई फुकुवा गरिदिएको हो ।
फिफाद्वारा लिएको पछिल्लो निर्णयले अर्जेन्टिनाको आगामी वर्ष रसियामा हुने विश्वकप फुटबलमा खेल्न जान पाउने आशालाई बल पुरयाएको छ ।
प्रतिबन्ध फकुवापछि अर्जेन्टिनी फुटबल प्रमुख अरमान्डो परेजले मेसीले चिलीसँगको खेलका क्रममा केही गल्ती गरेको भए पनि फिफाद्वारा लगाइएको प्रतिबन्ध असङ्गतपूर्ण थियो ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान