लन्डन । चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बांचेकाहरु’ का निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई बेलायतमा अभिनन्दन गरिएको छ ।
लमजुङ समाज यूकेले अल्डरसटमा एक कार्यक्रम गरी निर्देशक पाण्डे र निर्मात्री गैरेलाई सम्मान गरेको हो । शुक्रबार सांझ आयोजित कार्यक्रममा समाजका अध्यक्ष बोहत गुरुङले लमजुङमा जन्मेर संसारभर नेपालको नाम राख्न सफल भएको भन्दै निर्देशक पाण्डे र उनकी धर्मपत्नीसमेत रहेकी निर्मात्री गैरेलाई सम्मानपत्रसहित सम्मान गरे । कार्यक्रममा लमजुङ समाजका सल्लाहकार एकेन्द्र गुरुङले निर्देशक पाण्डेको व्यक्तित्वका बारेमा चर्चा गर्दै आगामी दिनमा पनि उत्कृष्ट डकुमेन्ट्री निर्माणका लागि शुभकामना दिए ।
कार्यक्रममा लमजुङ समाजका साथै आमा समूहका तर्फबाट उनीहरुलाई सामूहिक रुपमा खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा ‘भाग्यले बांचेकाहरु’ पनि प्रदर्शन गरिएको थियो । ‘भाग्यले बांचेकाहरु’ हेर्दा धेरैको आंखा रसाएका थिए ।
‘भाग्यले बांचेकाहरु’ बेलायतका विभिन्न शहरमा
यसैबीच भाग्यले बांचेकाहरु बेलायतको विभिन्न शहरमा प्रदर्शन हुंदैछ । उक्त वृत्तचित्र आइतबार उत्तरी आयरल्याण्डको बेल्फास्टमा नेपाली समुदायले प्रदर्शन गर्दैछ । प्रदर्शनमा भाग लिन ‘भाग्यले बांचेकाहरु’ का निर्देशक पाण्डे र निर्मात्री गैरे उत्तरी आयरल्याण्ड पुगेका छन् ।
यसैगरी, सहारा क्लब यूकेले आगामी शनिबार सांझ ७ उलवीचस्थित ट्रामसिड थियटर र आइतबार सांझ ७ बजे अल्डरसटस्थित एम्पाएर हलमा प्रदर्शन गर्ने भएको छ ।
भाग्यले बांचेकाहरु गत साता बेलायतको संसद भवनमा प्रदर्शन भएको थियो । भूकम्पमा चमत्कारिक रुपमा बांच्न सफल नेपालीहरुको कथामा बनेको ‘भाग्यले बांचेकाहरु’ ले एक दर्जन अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । वृत्तचित्र विश्वका १३ वटा भाषामा अनुवाद भएको छ ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने