
राष्ट्रपति विद्यादेवी भण्डारीले गोरखा भूकम्प गएको दुई वर्ष पुगेको दिन मङ्गलबार विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रका सम्पदाको अवलोकन गर्नुहुँदै । तस्बिर ः लक्ष्मी गारु, भक्तपुर, रासस
भक्तपुर, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विश्वसम्पदा सूचीमा रहेको दरबार स्क्वायर क्षेत्रका सम्पदाको अवलोकन गर्नुभएको छ ।
गोरखा भूकम्प गएको दुई वर्ष पुगेको दिन आज उहाँले भूकम्पले भत्काएका सम्पदा र पुनःनिर्माणको अवस्थाबारेमा जानकारी लिनुभएको हो । उहाँले यहाँ पुनःनिर्माण भइरहेको दरबार स्क्वायर ढोका, रामेश्वर, बद्री, केदार, वत्सला मन्दिरलगायत दरबार क्षेत्र परिसरभित्र भूकम्पले भत्काएका मन्दिर, लामोपाटी सत्तल, राष्ट्रिय कला सङ्ग्रहालय, पशुपति मन्दिरलगायत सम्पदाको अवलोकन गर्नुभएको हो ।
उहाँले अवलोकनसँगै भूकम्पले भत्काएका सम्पदाको पुनःनिर्माणका क्रममा परम्परागत रुपमा रहेका मौलिक संस्कृतिको संरक्षण हुनेगरी काम गर्नुपर्ने बताउनुभयो । स्थानीय स्रोत साधन र जनशक्तिको प्रयोग हुनुपर्नेमा जोड दिँदै उहाँले पुनःनिर्माणलाई तीव्रता दिनुपर्ने बताउनुभएको थियो । उहाँले पुनःनिर्माणका लागि काठ अभाव भए नभएबारेमा समेत जिज्ञासा राख्नुभएको थियो ।
राष्ट्रपति भण्डारीलाई प्रजिअ द्रोण पोखरेल, स्थानीय समन्वय समितिका अधिकारी धुव्रबहादुर कोइराला, भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोखरेल, पर्यटन शाखा प्रमुख गौतम लासिवा, पुरातत्व तथा दरबार हेरचाह कार्यालयका टोलीलगायतले स्वागत गर्दै सम्पदाको भूकम्पपछिको अवस्था र पुनःनिर्माणबारे जानकारी गराउनुभएको थियो ।
भूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा वृक्षरोपण
काठमाडौँ, १२ वैशाख । गोरखा भूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा काठमाडौँ महानगरपालिकाले आज भद्रकालीदेखि सिंहदरबारसम्म वृक्षरोपण गरेको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा परी ज्यान गुमाउनेहरुको आत्माको शान्तिका लागि बिरुवा रोपिएको हो । दुई वर्षअघि भूकम्प गएकै समयमा आज बिरुवा रोप्दै कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले धरहरामा परी ५७ जनाले ज्यान गुमाएकाको स्मरण गर्दै भद्रकालीदेखि सिंहदरबारसम्मको क्षेत्रमा ५७ बिरुवा रोपिएको बताउनुभयो ।
आगामी दिनमा मृतकको सम्झनामा विभिन्न स्थानमा उद्यान निर्माण गरिने पनि बताइएको छ । रोपिएका सबै बिरुवामा मृत्यु हुने व्यक्तिको नाम पनि लेखिनेछ ।
उक्त भूकम्पका कारण करिब नौ हजारले ज्यान गुमाएका थिए । भूकम्प र त्यसपछिका परकम्पमा परी काठमाडौँ महानगरपालिकाबाट नै कम्तीमा सात सयले ज्यान गुमाउनुपरेको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
बेलायतमा ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनायो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित