लन्डन । गोर्खा अनलाइन रेडियोले आइतबार लन्डनस्थित फेल्थाममा नयां वर्ष शुभकामना सांझ तथा सांस्कृतिक कार्यक्रम गरेको छ । कार्यक्रममा बेलायतस्थित नेपाली सञ्चारकर्मी र सर्वसाधारणबाहेक अरु संघसंस्थाका प्रतिनिधिलाई निमन्त्रणा गरिएको थिएन ।
कार्यक्रममा दर्जन बढि सञ्चारकर्मी र सर्वसाधारण भेला भएर नयां वर्ष मनाए । कार्यक्रम उद्घाटन बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले पानसमा बत्ती बालेर गरेका थिए । डा. सुवेदीले नयां वर्ष २०७४ को शुभकामना मन्तव्यमा नेपाली वर्ष मनाउन अब नेपाल जान नपर्ने बताए । उनले विदेशमा नेपाली कला संस्कृति मौलाउंदै आएको बताउंदै नयां वर्षले खुशीसहित नयां सम्भावना बोकेर आउने बताए । उनले यस्ता उत्सवले नेपालीबीच एकता, सहिष्णुता र भातृत्व विकास हुने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा गोर्खा रेडियोका निर्देशक नरेन्द्र बस्नेतले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा स्थानीय कलाकारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । उक्त अवसरमा गायक सुजन पराजुली, दिव्यानी शर्मा, सुजाता काफ्ले, चांद लामा लगायतले आफ्नो गायन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा रश्मी गौतम, टिया आचार्य, बेन्सन बस्नेत, श्रेया क्षेत्री, अमुल्य थापा, अतुल्य शाही, मन्दिरा प्रसाई, सहज बानियां लगायतले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यकार नारायण गाउंले, रामशरण सिम्खडाले गजल र बिमला गौतमले कविता वाचन गरे । सोही अवसरमा पूर्व डिएसपी वाचस्पति रेग्मीको सम्पादनमा सुरु भएको शितलपाटी डट कम समाचार पोर्टलको राजदूत डा. सुवेदी र नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपाङ्गीले उद्घाटन गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ यूकेका पूर्व अध्यक्ष चिरन शर्मा, काउन्सिलर विष्णु गुरुङ, विश्व हिन्दू महासंघ बेलायतका अध्यक्ष पण्डित चिरञ्जीवी ढकाल, समाजसेवी ध्रुव केसी, सोलिसिटर राजु थापा लगायतको उपस्थिति थियो ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने