
सोमबारदेखि धनगढीमा सुरु भएको डीपीएल क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा सीवाइसी अत्तरिया (कैलाली) विरुद्ध ब्याटिङ् गर्दै काठमाण्डौं गोल्डेन्सका सोमपाल कामी । तस्बिर ः सिद्धराज भट्ट, रासस, धनगढी
कैलाली, २८ चैत । कैलाली–धनगढीमा आइतरदेखि जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट खेलमा सिवाइसी अत्तरियाले विजयी सुरुआत हासिल गरेको छ ।
वरिष्ठ प्रहरी उपरीक्षक कार्यालयको खेल मैदानमा आज भएको पहिलो खेलमा सिवाइसी अत्तरियाले काठमाडाँै गोल्डेनलाई ४० रनले हराउँदै विजयी सुरुआत गरेको छ ।
टस हारेर पहिले व्याटिङ गरेको सिवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १४६ रन बनाएको थियो । यसका लागि योगेन्द्रसिंह कार्कीले ५७ रन बनाएका थिए भने ज्ञानेन्द्र मल्लले नटआउट ३४, प्रदीप ऐरीले नटआउट १३, दिलीप नाथले १५ तथा रोशन नेपालले १० रन बनाएका थिए । काठमाडाँैका सोमपाल कामीले २ विकेट लिएका थिए । विजयका लागि १४७ रनको लक्ष्यसहित खेल मैदानमा उत्रेको काठमाडौँ गोल्डेन १८.४ ओभरमा १०६ रनमा अलआउट भएको थियो ।
काठमाडाँैका सोमपाल कामीले ४० तथा सन्तोष भट्टले ३१ रन बनाउनबाहेक अरुले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सिवाइसी अत्तरियाबाट विनास महराले ४ र विनोद लामाले ३ विकेट लिएका थिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता