इश्लामावाद (पाकिस्तान), १८ चैत । उत्तरपश्चिम पाकिस्तानको आदिवासी बसोबार्से क्षेत्र पराचिनरमा शुक्रबार विहान भएको विस्पोटमा परी कम्तिमा २२ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
स्थानीय शिया मश्जिद नजीकैको ब्यस्त बजारमा भएको घटनामा महिला तथा बालबालिका समेत गरी २२ जनाको मृत्यु भएको र ७० जनाभन्दा बढी घाइते भएका राष्ट्रिय सभा सदस्य सजिद तुरीले बताउनुभयो ।
परिचिनरको कुराम एजेन्सी नजीकै कोनूर मार्केटमा अतिव्यस्त समयमा गराइएको विस्पोटमा कैयौं शिया मुसलमान धर्मावलम्वी परेका बताइएको छ । उक्त स्थान पाकिस्तान र अफगानिस्तानको सीमाक्षेत्रको पाकिस्तानी भूमी हो ।
प्रत्यक्षदर्शीले एकजना आक्रमणकारीले विस्पोटक पदार्थ राखिएको कारलाई मश्जिदको गेट नजीकै पार्क गरी भागेको बताएका छन् । सो समयमा अर्धसैनिक दस्ताले मश्जिद जाने यात्रुहरूलाई सुरक्षा जाँच गरिरहेका थिए । कार पार्क गरेको केही छिनमै ठूलो आवाजका साथ विस्पोट भएको थियो ।
विस्पोटका कारण करिव १५ पसलमासमेत क्षति पुगेको थियो ।
घटनास्थलमा घाइते सवैजनालाई उक्त एजेन्सीको अस्पतालमा भर्ना गरिएकोमा सख्त घाइते केहीजनालाई हेलीकोप्टरमार्फत् खाइवरपाकथुङ्ख्वा प्रान्तमा उपचारका लागि लगिएको छ ।
घटनास्थलमा सेनाले सहयोगका लागि हेलीकप्टरलाई तुरुन्तै पुरयाएको पाकिस्तानी सेनाको सञ्चार एकाईले बताएको छ ।
घटनाको समाचार तयार पार्दासम्म कुनै समूहले जिम्मा लिएको छैन ।
यसैवीच पाकिस्तानी प्रधानमन्त्री नवाफ सरीफले घटनाको कडाशब्दमा निन्दा गर्दै पाकिस्तानबाट आतङ्कवादलाई पूर्णतया नियन्त्रणमा ल्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च