काठमाडौँ, १७ चैत । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई सात विकेटले पराजित गरेको छ ।
हङकङले दिएको २१५ रनको लक्ष्य नेपालले ४२ दशमलव २ ओभरमा तीन विकेट गुमाउँदै पुरा गरयो । दीपेन्द्रसिंह ऐरीले छक्का प्रहार गर्दै नेपाललाई प्रतियोगितामा सान्त्वना जित दिलाएका हुन् ।
बङ्गलादेशको कक्स बजार स्टेडियममा नेपालले टस जितेपछि हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१४ रन बनायो । कप्तान ज्ञानेन्द्र मल्लले जितको आधार तयार पारेपछि नेपाललाई जित्न सहज भएको हो । दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरबीच एक सय पाँच रनको साझेदारी भएपछि नेपालले दुई सय २० रन बनायो ।
कप्तान मल्लले सर्वाधिक ७० रनको योगदान दिए । उनले ८२ बल खेल्ने क्रममा ११ चौका प्रहर गरे । खेलको २७औँ ओभरको एक बल बाँकी छँदा मल्ल बाहिरिएपछि मैदान प्रवेश गरेका अशिफ शेख र दिलिप नाथपनि सस्तैमा आउट भएपछि ऐरी र भेषवाकरले पारी सम्हालेका थिए । दीपेन्द्रले ८३ बल खेल्दै ६० रन जोडे । यसमा एक छक्का र पाँच चौका सामेल थियो । यस्तै ५१ बल खेलेका भेषवाकरले तीन छक्का र तीन चौकाको मद्दतमा ५५ रनको योगदान दिए । नाथले १२ तथा शेखले ८ रन जोडे । बलिङतर्फ हङकङका झाटवेध सुब्रमन्यमले दुई र निजाकट खानले एक विकेट लिए ।
यसअघि ब्याटिङ गर्ने क्रममा हङकङका लागि प्रारम्भिक ब्याट्सम्यान क्यामरन म्याकअलसन र अंशुमान राथले ९५ रनको साझेदारी गरेका थिए । अंशुमानले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ६४ बलमा सात चौका प्रहार गरे । यस्तै क्यामरनले ६९ बलमा पाँच चौकाको मद्दतमा ४३ रन बनाए । वाकस खानले ३०, साहिद वासिफले २२, इशान खानले १८ र वजिद शाहले १६ रन बनाए ।
बलिङतर्फ नेपालका लागि अभिनाश कर्णले सर्वाधिक तीन विकेट लिए । उनले पाँच ओभर बलिङ गर्दै २९ रन खर्चे । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल, भुवन कार्की र सुशन भारीले समान दुई–दुई विकेट लिए । मल्लले सात ओभरमा २५ रन दिए । कार्कीले १० ओभर बलिङ गर्दै एक मेडन राखेर ३७ रन खर्चे । यस्तै भारीले १० ओभर बलिङ गर्दै ५३ रन दिए भने सन्दिप लामिछाने एक विकेट लिए ।
नेपाल र हङकङ समान दुई–दुई खेल हारेर प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन् । नेपालले पहिलो खेल पाकिस्तानसँग ६ विकेटले तथा दोस्रो खेल बङ्गलादेशसँग ८३ रनको हारेको थियो । यस्तै हङकङ पहिलो खेलमा बङ्गलादेशसँग ८ विकेट तथा दोस्रो खेलमा पाकिस्तानसँग दुई सय ४८ रनले पराजित भएको थियो ।
एसियाली क्रिकेट परिषद् ( एसिसी) को आयोजनामा भइरहेको उक्त प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै मलेसिया, अफगानिस्तान र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र बंगलादेश, पाकिस्तान, श्रीलंकाका र भारतका तेइस वर्षमुनिका खेलाडीको सहभागिता छ ।
मधुर धुनसँगै पलेँटीमा गुञ्जिए पगोले र गुरुङ
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
मे १० मा आयरल्यान्डमा नेपाली दूतावास लन्डनको घुम्ती सेवा शिविर [सूचनासहित]
बेलायतमा म्याग्दी संगठनको वार्षिक कार्यक्रम ‘मोना शुभकामना साँझ २०८३’ भव्य रूपमा सम्पन्न
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला