
कोपा पुमा टोरेरोस कप यू—१२ फुटबल प्रतियोगितामा भाग लिन जापान आएका १२ नेपाली खेलाडीका साथमा प्रशिक्षक राजेन्द्र तामाङ । उनीहरुलाई नारिता बिमानस्थलमा जापानस्थित आयोजक टोलीले स्वागत गरेका थिए । तस्बिर ः प्रकाश पन्थी, जापान, रासस
टोकियो (जापान), १७ चैत । शुक्रबारदेखि जापानमा सुरु हुने एक अन्तर्राष्ट्रिय फुटवल प्रतियोगितामा नेपालले १२ खेलाडीलाई आक्रामक प्रस्तुतिका साथ सहभागिता जनाउने भएको छ ।
कोपा पुमा टोरेरोस कप यू—१२ फुटबल नाम दिइएको प्रतियोगितामा उपाधि प्राप्तिका लागि भन्दै १२ खेलाडीले आक्रामकरुपमा भिड्ने तयारीका साथ प्रशिक्षण दिइएको छ । उनीहरुलाई आक्रामक रुपमा प्रस्तुत गराउन पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचन र राजेन्द्र तामाङले आज दिनभर प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ ।
गत वर्ष १८औँ स्थानमा परेको नेपाल यस पटकको राम्रो प्रयास भएपनि उपलब्धि नजिक नरहेको प्रशिक्षक गौचनको भनाइ छ । गौचनले कमजोर भएपनि नेपाली खेलजगत्को हौसला र बालबालिकाको खेलप्रति आकर्षण बढाउन आफू कार्यरत जापान एकेडेमीको सहयोगमा १२ खेलाडीलाई प्रतिस्पर्धामा उतारेको बताउनुभएको छ ।
अङ्कका आधारमा विजेता घोषणा गरिने यो प्रतियोगितामा आक्रामक वा मैत्रीपूर्ण जुनसुकैमा पनि उत्कृष्ट प्रस्तुति भएमा उपलब्धि टाढा नरहेको नेपालबाट खेलाडीको नेतृत्व गर्दै आएका प्रशिक्षक तामाङ बताउनुहुन्छ ।
खेलाडी ल्याउन सक्रिय भूमिका निभाएका व्यवसायी प्रकाश तुलाचनले प्रतिस्पर्धीसँग भिड्नका लागि बुटवल, भैरहवा, पोखरा, काठमाडौँलगायत नेपालभरका पाँचसयभन्दा बढीबाट १२ जना छनोट भएको खेलाडी जापानको खेलमैदानमा आएको जानकारी दिनुभयो ।
प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी गौचनको पहलमा करिब एक साताका लागि आएका नेपाली खेलाडी ब्राजिल, स्पेन, अस्टे«लिया, जर्मनीलगायतका प्रतिस्पर्धी १२ टिम तथा जापानका स्थानीय २० टिमसँग भिड्नेछन् ।
राजधानी टोकियोबाट झन्डै साढे ४ घन्टा पश्चिम दक्षिणमा पर्ने सिजुओका प्रान्तको खामियामास्थित गोतेन्बा मैदानमा हुने प्रतियोगितामा नेपाली खेलाडीको सहयोगार्थ बुधबार साँझ सिनओकुबोमा आयोजित च्यारिटी सोमा सहभागीले बालखेलाडीलाई बधाई र हौसला दिएका थिए ।
कार्यक्रममा जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष सुदन थापा, विभिन्न सङ्घसंस्था र राजनीतिक भ्रातृसङ्गठनका पदाधिकारीले कलिलो उमेरमा अभिभावकलाई छोडेर जापानमा विदेशी टिमसँगको प्रतिस्पर्धामा भिड्ने खेलाडीको आक्रामक शैलीको प्रशंसा गरेका थिए ।
गत वर्षको प्रतियोगितामा स्पेनको एट्लेटिको म्याड्रिड, जर्मनीको हर्था बर्लिन, मेक्सिकोको चिभास, दक्षिण कोरिया र हङकङ तथा जापानको टोली अन्तिमसम्म भिडेका थिए । प्रतियोगितामा प्रथम हुने टोलीले युरोपमा हुने यू—१२ खेलमा सिधै सहभागी हुन पाउने प्रावधान छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग