लन्डन । एक्सप्रेस स्टुडियो लन्डन र नेपाली टिभी यूकेले नेपाली नयां वर्ष २०७४ को अवसरमा आगामी २३ अप्रिल आइतबार एक सांगीतिक सांझ गर्ने भएका छन् । कार्यक्रममा नेपाली आधुनिक संगीतका परिचित गायक शिव परियार र बेलायतको प्रसिद्ध नाम्लो ब्यान्डले प्रस्तुति दिने आयोजकले बताएका छन् । शिव परियार नेपाली आधुनिक संगीतमा आफ्नै शैली र क्लासिकल बेसबाट आएका प्रखर गायक हुन्, जो दर्शकमाझ चर्चित छन् । हयारोस्थित क्लब केटिएम लन्डनमा कार्यक्रम हुन लागेको हो ।
उता, लामो संगीत साधना र अध्ययनपछि बेलायतको नेपाली समुदाय मात्र होइन, बेलायती र अन्तर्राष्ट्रिय समुदायमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा संगीतकार गंगा थापाको अग्रसरतामा शुरु भएको नाम्लो ब्याण्ड नेपाली लोक संस्कृति झल्कने गीत संगीतलाई पश्चिमा वाद्यवाधन र शैलीसंग फ्यूजन गरी अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न सफल भएको छ । यसका ब्याण्ड मेम्बरहरु कोही युरोपियन छन् भने कोही अफ्रिकन ।
नाम्लो ब्यान्डको नाम नसुनेको बताउनेहरु पनि यसको प्रस्तुति देखेपछि फ्यान हुने गरेको बताउंछन् स्टुडियोका क्रिएटिभ डिरेक्टर दिनेश परियार । स्टुडियोका बजार व्यवस्थापक जगन कार्कीले यस सांगीतिक कार्यक्रम नेपाली आधुनिक गीत संगीतलाई मन पराउने पुस्ता देखि नेपाली संगीतलाई पाश्चात्य संगीतको फ्यूजनमा सुन्न चाहने नयां पुस्ता र कार्यक्रमपछि हुने डान्स पार्टीले अझ तन्नेरी पुस्तालाई पनि भरपुर मनोरन्जन दिने बताए ।
नेपाली नयां वर्षसंगै सेवा शुरु गर्न लागेको एक्सप्रेस स्टुडियोले फोटोग्राफी, भिडियोग्राफी र संगीत कक्षा, इभेन्ट म्यानेजमेन्ट तथा क्रिएटिभ बिजनेस् सोलुसनको काम गर्ने यसका निर्देशक बीरेन्द्र श्रेष्ठले बताए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]