लण्डन । शिव कल्चर कम्युनिटी समूहको अध्यक्षमा रोहित गुरुङ चयन भएका छन् ।
समूहको आइतबार भएको साधारण सभाले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । नयाँ समितिको उपाध्यक्षमा क्याप्टेन गोपाल बिश्वकर्मा, महासचिव श्रीमती तानिया जैन, कोषाध्यक्ष पूर्व डिएसपी वाचस्पति रेग्मी, सह कोषाध्यक्षमा श्रीमती सुमित्रा राई लिम्बु, लण्डन पब्लिक रिलेसन अफिसर मेजर सूर्य उपाध्याय, साँस्कृतिक सचिवमा विक्रम भट्टराई, सहायक साँस्कृतिक सचिवमा रमा बानियाँ र सदस्यहरु भरतकुमार श्रेष्ठ, इन्द्र शर्मा र शरद श्रेष्ठ रहेका छन् ।
समूहका अध्यक्ष सुनित जैनको अध्यक्षतामा भएको सो साधारणसभामा महासचिव मेजर (रि) सूर्य उपाध्यायले संस्थाको गतिविधिबारे विस्तृत जानकारी गराए । संस्थाले सन्चालन गरेको शिव मन्दिरको गतिविधिबारे राम्रो प्रगति भएको एवम पूजा अर्चनाको कार्यक्रम राम्रोसँग भएको उनको भनाइ थियो ।
यसैगरी समूहको आर्थिक गतिविधि प्रस्तुत गर्दै स्मिता न्यौपानेले सन् २०१३ मा बोलकबोल भएको १ लाख ५५६ पाउण्डमध्ये ४५ प्रतिशत र च्यारिटी फण्ड रेज कार्यक्रममा बोलिएको ५१ हजार पाउण्डमध्ये पनि ४५ प्रतिशत उठेकोले नयाँ कार्य समितिले उक्त रकम सङकलनका लागि पहल गर्ने बताइन् ।
दोस्रो सत्र निर्वाचन आयुक्त एकेन्द्र गुरुङ, भीम बानिया र जिब बेल्बासेले सन्चालन गरेका थिए ।
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट