लन्डन, १० चैत । इस्लामिक स्टेट (आईएस) ले बुधबार बेलायतको राजधानी लन्डनमा भएको आक्रमण आफ्नो समूहद्वारा गराएको भनी जिम्मेवारी लिएको छ ।
आईएस निकट मानिने अमास न्युज एजेन्सीमार्फत् उक्त समूहले बिहीबार आक्रमणको जिम्मेवारी लिएको हो ।
अमास न्युज एजेन्सीको ट्वीटर पेजमा एक सन्देश जारी गर्दै भनिएको छ, ‘आईएसका एक सिपाहीले बेलायती संसदमा भएको आक्रमण गराएका र आक्रमण गठबन्धन राज्यका मानिसलाई लक्षित गरिएको थियो ।’
सन्देशमा व्यक्त भावअनुसार आक्रमणकारीलाई आईएसद्वारा प्रोत्साहित गरिएको र प्रत्यक्ष रुपमा आक्रमणको तालिम दिएको स्काई न्युजले जनाएको छ ।
यसैबीच बेलायती प्रधानमन्त्री थेरेसा मेले बिहीबार संसदलाई सम्बोधन गर्दै आक्रमणकारी बेलायती मूलका एक व्यक्ति भएको र उसका बारेमा प्रहरी र सुरक्षा सेवामा कार्यरत अधिकारीलाई जानकारी रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीले आक्रमणकारी बेलायती सुरक्षा सेवाद्वा हिंसात्मक आतङ्कवादी आक्रमण गराउन सक्ने भनी सुरक्षा अधिकारीबाट विगतमा गरिएका अनुसन्धानमा ल्याइएका व्यक्ति भएको बताउनुभयो ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ