
लन्डन । लण्डन दूतावासमा जारी सप्ताहव्यापी दुई सय
वर्षगांठ समारोहको छैठौं दिन आइतबार व्यापार तथा लगानीबारे एक अन्तरक्रिया सम्पन्न भएको छ । नेपालमा लगानीका अवसरहरु विषयमा गरिएको अन्तरक्रियामा मुख्यत गैरआवासीय नेपाली र विदेशी लगानीका लागि नेपालमा रहेका अवसर र चुनौतिबारे वृहत छलफल भयो ।
कार्यक्रमका प्रमुख अतिथी तथा उद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकारले एनआरएन तथा विदेशी लगानीलाई उच्च प्राथमिकतामा राखेर सोहिअनुसार नीति नियम तथा प्रक्रियाहरु सुधार गर्दै गइरहेको बताए । सरकारको मुख्य लक्ष्य नै कसरी विदेशी लगानी बढाउने र प्रक्रिया सहज बनाउने भन्ने रहेको मन्त्री जोशीले बताए । आर्थिक समृद्धिको मुद्धामा नेपालको सरकार तथा सबै राजनीतिक दल एकै ठाउं उभिएर प्रतिवद्धता गरेको स्मरण गर्दै उनले यसबाट लगानीको वातावरणमा ठूलो सहयोग पुगेको धारणा राखे ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले पनि विदेशी लगानीलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र नेपालमा लगानीका सहज तथा सुरक्षित वातावरण रहेको बताए ।
अन्तरक्रियामा ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कंडेलले नेपालमा विदेशी लगानीसंग सम्बन्धित वहुआयामिक पक्षहरु समेटिएको कार्यपत्र प्रस्तुत गरे । काठमाडौंस्थित द ब्रिटिश कलेजका कार्यकारी निर्देशक समेत रहेका अध्यक्ष कंडेलले नेपालमा व्यवसाय सञ्चालन गर्दा सामना गर्नुपर्ने अनावश्यक प्रशासनिक झमेला, झञ्झटिलो प्रक्रिया तथा नीति नियमहरुबारे मन्त्री जोशीको ध्यानाकर्षण गरे ।
विश्वका धेरै समृद्ध देशहरुले विदेशी लगानीलाई आकर्षित गर्न लगानीमैत्री नीति नियमहरु अभ्यास गरेका छन्, कंडेलले भने, पहिला त हाम्रो नीति नै परिमार्जन हुनु आवश्यक छ । लगानीकर्तालाई नै निरुत्साहित गर्ने अनावश्यक झमेलाहरु नहटाएसम्म हामीले अपेक्षा गरेअनुसारकै लगानी भित्रिन अप्ठेरो छ ।
बेलायती सरकारको सहयोगमा निर्मित नेपालकै पहिलो हाइड्रो प्रोजेक्ट, बेलायती लगानीका स्टान्डर्ड चार्टर बैंक, युनिलिभर जस्ता कम्पनीहरुले नेपालमा पाएको सफलताको उदाहरण प्रस्तुत गर्दै कंडेलले नेपालमा प्रशस्तै सम्भावना रहेको र नीति नियमका केहि झमेलाहरु सच्चाइएको खण्डमा यसबाट देशले ठूलो लाभ लिन सक्ने विश्वास पनि व्यक्त गरे ।
एनआरएनए यूकेका अध्यक्ष मुछेत्र गुरुङले नेपालमा गैरआवासीय नेपालीको लगानीबारे एक कार्यपत्र प्रस्तुत गरे । एनआरएनहरु नेपालमा लगानी गर्न निकै इच्छुक रहेको तर लगानीको सुरक्षाबारे अझै पनि विश्वस्त हुन नसकेको उनले बताए । एनआरएन युरोप क्षेत्रीय संयोजक कुल आचार्यले एनआरएनहरुको लगानीलाई प्रोत्साहित गर्न नेपाल सरकारले थप कसरत गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपालमा लगानी गरिसकेका र गर्न इच्छुक बेलायती तथा नेपाली लगानीकर्ता, विभिन्न एअरलाइन्सका प्रतिनिधि, विदेशी कुटनीतिक नियोगका प्रतिनिधि लगायतको सहभागिता थियो ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित