साना, ५ चैत । सोमालियाका शरणार्थी चढेको एउटा डुङ्गामा भएको हवाई आक्रमणमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने अरु २९ जना घाइते भएका छन् ।
डुङ्गामा झन्डै १५० जना यात्रु चढेको अन्तरराष्ट्रिय रेडक्रस समितिले शुक्रबार जनाएको छ ।
“होडेइडा नजिकै गएराती आक्रमण भएपछि महिला र बालबालिका कराएका थिए,” रेडक्रसद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
आक्रमणपछि ३३ जनाको मृत्यु भएको, २९ जना घाइते भएको पाइएपनि अन्य यात्रु कोही हराएका र कोही स्थानीय उद्धारकर्मीको नियन्त्रणमा रहेको हुनसक्ने व्यक्तव्यमा जनाइएको छ ।
यो घटनाको दृश्य विभत्स थियो, मैले धेरै महिला, पुरुष र बालबालिका मारिएको देखेँ, साथै छियाछिया घाइते भएको देखेँ, रेडक्रसका इरिक क्रिष्टोफर वेसे भन्नुभयो ।
उहाँले थप्नुभयो, “सोमालिया र यमनको द्वन्द्वबाट भागेका शरणार्थी नै घटनामा परेका छन् ।”
हुथी नियन्त्रीत सावा समाचार संस्थाले घटनाका बारेमा अहिलेसम्म कुनैपनि समुहले जिम्मेबारी नलिएको जनाएको छ ।
सानामा रहेको अन्तरराष्ट्रिय आप्रवासी सङ्गठनका प्रवक्ता सेवा अल मौलिमीले बिहीबार राती भएको सोमालियाका शरणार्थीको यात्राका बारेमा सङ्गठनलाई कुनै जानकारी नभएको सिन्ह्वालाई बताउनुभयो ।
शरणार्थी सुडानतर्फ जाँदै गरेको सङ्गठनलाई धेरैपछि मात्रै थाहा भएको उहाँले बताउनुभयो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान