लन्डन । बेलायती राजकुमार ह्यारी लन्डन दूतावासमा आयोजना भइरहेको बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको द्विशतवार्षिकी समापन कार्यक्रममा सहभागी हुने भएका छन् ।
साताव्यापी कार्यक्रमको अन्तिम दिन आगामी २० मार्च अपरान्ह उनी दूतावास आउने तय भएको केन्जिङ्टन प्यालेसले बिहीबार ट्वीटरमार्फत जानकारी दिएको हो ।
कार्यक्रममा बेलायती रक्षामन्त्री मार्क ल्यानक्यास्टरसहित नेपालका उद्योगमन्त्री नवीन्द्रराज जोशी समेत सहभागी हुनेछन् । दूतावास श्रोतका अनुसार, दुबै देशका अन्य उच्च स्तरिय अधिकारीहरु समेत सहभागी हुने अपेक्षा छ । हयारीसहित उच्च पदस्थ अधिकारी आउने भएपछि त्यसदिन सुरक्षा व्यवस्था कडा हुने दूतावासले जनाएको छ । निम्तालुलाई मात्र प्रवेश र आइडी कार्ड लिएर कार्यक्रममा आउन भनिएको छ ।
प्रिन्स हयारी ठयाक्कै एक वर्ष अघि वसन्त ऋतु (स्प्रीङ) मा नेपालको पहिलो भ्रमणमा निस्किएका थिए ।
हयारीले ब्रिटिश गोर्खा सैनिकको सधैं खुलेर प्रशंसा गर्दै आएका छन् । अफगानिस्तान युद्धमा गोर्खाहरुसंगै दुई पटक अग्रपंक्तिमा लडेका ह्यारीले आफू गोर्खाहरुसंग रहंदा सबैभन्दा बढि सुरक्षित महशुस हुने बताउंदै आएका छन् ।
नेपालसंग बेलायती राजपरिवारको बेग्लै सम्वन्ध छ । बेलायती महारानी एलिजावेथ द्वितिय र प्रिन्स फिलिपले सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गरेका थिए भने राजकुमारी डायना, प्रिन्स चाल्ससहित बेलायती मन्त्रीहरुको नेपाल भ्रमण भइसकेको छ ।
१४ मार्चमा ड्यूक अफ ग्लस्टरले समुदघाटन गरेको साताव्यापी कार्यक्रमको दोश्रो दिन बुधबार पर्यटन, तस्विर र कला प्रदर्शनी सम्वन्धि कार्यक्रम भएको छ । कार्यक्रममा भिजिट नेपाल युरोप २०१७ अभियानको औपचारिक शुभारम्भ भएको छ । अल पार्टी पार्लियामेन्ट्री ग्रुप अन नेपाल अध्यक्ष एवं बेलायती सांसद बीरेन्द्र शर्माले अभियानको उद्घाटन गरेका हुन् । त्यसैगरि, तेश्रो दिन नेपाल र बेलायत सम्वन्ध सम्वन्धि वौद्धिक अन्तरक्रिया, चौंथो दिन नेपाली साहित्यिक महोत्सव तथा पुस्तक प्रदर्शनी, पांचौं दिन नेपाली संगीत र खाना महोत्सव, छैटौं दिन व्यापार र लगानी महोत्सव एवं सातौं दिन २० मार्चमा समापन विशेष समारोह र भिक्टोरिया क्रस विजेता १३ भूपू गोर्खाहरुको तस्विर अनावरण कार्यक्रम गरिने दूतावासले जनाएको छ ।
शनिबार हुने कार्यक्रममा सबैलाई प्रवेश भएपनि अन्य दिनका कार्यक्रममा निमन्त्रणा अनिवार्य गरिएको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]