लन्डन । करिब दुई दशकदेखि चलचित्र पत्रकारिता
गर्दै आएका पत्रकार राजन घिमिरे नेपाली चलचित्र सम्वन्धि आफ्नो वृत्तचित्र लिएर लन्डन आएका छन् ।
अंग्रेजी भाषामा पनि सब टाइटल राखिएको ‘यात्रा नेपाली सिनेमाको’ वृत्तचित्र लिएर उनी लन्डन आएका हुन् ।
घिमिरेको उक्त वृत्तचित्र आगामी शनिबार १८ मार्च दिउसो एक बजे गोल्डेनसीप रेष्टुरेन्ट साउथ हयारो लन्डन र सांझ ७ बजे गोर्खा क्लव प्लमस्टिडमा देखाइने भएको छ । अन्य शहरमा समेत प्रदर्शनीको तयारी छ ।
वृत्तचित्रमा नेपाली चलचित्रको सिंगो इतिहास छ । ४५ मिनेट लामो उक्त वृत्तचित्रमा नेपाली चलचित्र निर्माण कसरी र कहिले शुरु भयो ? आजसम्मको अवस्थामा आउन नेपाली चलचित्र क्षेत्रले भोग्नु परेका समस्या के के छन् ? नेपाली सिनेमाको हालसम्मको बजार अवस्था कस्तो रहयो ? लगायत नेपाली चलचित्रको इतिहाससंग जोडिएका सर्जकहरूको अनुभव र विचारलाई पनि वृत्तचित्रमा समेटिएको घिमिरेले बताए ।
वृत्तचित्र निर्माणका लागि गोमा विष्ट र नारायण विष्टले घिमिरेलाई साथ दिएका छन् । हाल क्ल्याप बोर्ड र एन.आर.एन टिभी शो नामक टेलिभिजन शो सञ्चालन गरिरहेका घिमिरेले भने, ‘वृत्तचित्रले नेपाली चलचित्रको इतिहास बोल्ने छ भने नेपाली चलचित्रबारे रुची राख्ने तथा अध्ययन गर्न चाहनेका लागि बलियो दस्तावेज बन्ने छ ।’
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित