लन्डन । नेपालका वरिष्ठ कवि तथा साहित्यकार गोपाल पराजुली मेडल थाप्न लन्डन आइपुगेका छन् । आइतबार सांझ जेट एयरवेज विमानबाट उनीसहित धर्मपत्नी लक्ष्मी पराजुली लन्डन आएकी छन् ।
नेपाली साहित्य विकास परिषद यूकेको निमन्त्रणामा आएका कवि पराजुली दम्पतिलाई परिषदका वरिष्ठ सहअध्यक्ष कवि कोमल प्रसाद श्रेष्ठ मल्ल, सदस्य ज्ञानेन्द्र राउत लगायत साहित्यकारहरूले हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए ।
परिषदले गत वर्ष घोषणा गरेको एक तोला सुन र पांच तोला चँंदीमा बनेको एनएलडिसी गोल्ड मेडल पुरस्कार ग्रहण गर्न आएका वरिष्ठ कवि पराजुली यही १४ मार्च देखि नेपाली दूतावासमा हुन लागेको सप्ताहव्यापी मेलामा पनि सहभागी हुने कार्यक्रम रहेको छ ।
परिषदले आगामी ३ अप्रिल सांझ हुने नव वर्ष साहित्य सांझ कार्यक्रममा पराजुलीलाई पुरस्कार प्रदान गर्नेछ । डायष्पोरामा रहेका नेपाली साहित्यकारहरु समेटेर औपचारिक रूपले सन् २००३ मा गरिमाको बेलायत विशेषांक प्रकाशित गरी सर्वप्रथम डायस्पोरिक साहित्यलाई नेपाली साहित्यको मुल प्रवाहमा प्रवाहित गराए वापत उनलाई उक्त पुरस्कारबाट सम्मानित गर्न लागिएको हो । पराजुली ४ अप्रिलमा नेपाल फर्कनेछन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक