
लन्डन । प्रवासी नेपाली मञ्च यूकेले गत ८ मार्चका दिन १०७ औं
अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । मञ्चकी महिला विभाग
संयोजक सरस्वती केसीको संयोजकत्वमा सारस रेष्टुरेन्टमा कार्यक्रम भएको हो ।
मञ्चका अध्यक्ष रामशरण सिम्खडाको आतिथ्यमा भएको उक्त कार्यक्रम ‘बी बोल्ड फर चेन्ज’ भन्ने नाराका साथ उपयोगी अन्तरक्रिया, नाचगान र रात्रीभोजसहित आयोजना गरिएको थियो ।
महिला संयोजक केसीद्वारा सञ्चालित कार्यक्रममा मञ्चका भूतपूर्व अध्यक्षहरु आङकल्जङ लामा तथा दिनेश घिमिरे, पूर्व महासचिव राजेन्द्र पुडासैनी, प्रचार विभाग प्रमुख कुमार केसी, संगठन विभाग प्रमुख कमल खनाल, आर्थिक विभाग प्रमुख कृष्ण भण्डारी, एनआरएनए यूके आइसीसी सदस्य कृष्ण तिमिल्सिना, सचिव कृष्ण तिवारी, युवा संयोजक हरि आचार्य, महिला संयोजक सुशिला राई, प्रवासी नेपाली मञ्चकी बिमला सेने, राधा भट्टराई तथा यूकेवासी महिला पुरुषहरुको जमघट थियो ।
कार्यक्रममा महिला हक अधिकार तथा सांस्कृतिक परिवर्तनका लागि ठोस कदम चालिनुपर्नेमा जोड दिंदै आङकल्जङ लामा, इन्दिरा तिवारी, विजया भण्डारी, राधा भट्टराई तथा वसन्त नेपालले आ आफ्नो मन्तव्य राखे भने निरुषा पाण्डेले सुमधुर गीत गाएर मनोरञ्जन प्रदान गरिन् ।
महिला सशक्तिकरण तथा समान नेतृत्व विकासको सम्भावनालाई अझ बलियो बनाउने उद्देश्यले प्रवासी नेपाली मञ्चको नेतृत्वमा बिगत तीन वर्ष देखि लगातार नारी दिवस कार्यक्रम हुंदै आएको छ ।
विशेष गरी महिला तथा छोरीहरुको रमाइलो नाचगान सहित टुंगिएको उक्त कार्यक्रमको अन्तमा संयोजक केसीले उपस्थित सहभागी तथा भेन्यू उपलब्ध गराउने सारस रेष्टुरांलाई आभार तथा धन्यवाद ब्यक्त गरेकी थिइन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने