
काठमाण्डौं । चेन्ज फर हेल्थ नेपाल (सिएफएच नेपाल) को एक प्रतिनिधिमण्डल यतिखेर संयुक्त राज्य अमेरिकामा छ । इलिनोइस युनिभर्सिटी अर्बाना अन्तर्गत ‘रिक्रिएसन, स्पोर्टस एण्ड टुरिजम डिपार्टमेन्ट’ ले आयोजना गरेको एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन सिएफएच नेपालका तर्फबाट उपाध्यक्ष मछिन्द्र आचार्य र सचिव लोकेन्द्र आचार्य गत मंगलबार अमेरिका प्रस्थान गरेका हुन् ।
‘फर्मिङ पार्टनरसीप्स एण्ड लिंकेजेज इन स्पोर्टस फर डेभलप्मेन्ट एण्ड पिसः कन्सिडरेसन्स, टेन्सन एण्ड स्ट्रेटेजी’ विषयमा सम्मेलन आयोजना गरिएको हो । पर्यटन क्षेत्रमा समेत आवद्ध संस्थाका उपाध्यक्ष मछिन्द्र आचार्यले सम्मेलनबाट नेपाल पर्यटनको दीर्घकालिन विकासमा सघाउ पुग्ने आशा व्यक्त गरे ।
राष्ट्रिय खेलकुद परिषद नेपाल अन्तर्गत स्पोर्टस असोसिएसनका सक्रिय प्रतिनिधि संस्थाका सचिव लोकेन्द्र आचार्यले नेपालमा स्वास्थ्यका लागि खेलकुद अभियान गरि विद्यालयहरुमा धेरै गतिविधि सञ्चालन गरिएको जानकारी दिए ।
सिएफएच नेपालका संरक्षक डा. राजेन्द्र थापाले आफ्नो गैर नाफामुलक स्वयंसेवी संस्थाले नेपालमा विभिन्न माध्यम जस्तै स्वास्थ्य सचेतना तथा प्रवर्धन सम्वन्धि कार्यक्रम, विकसित मुलुकबाट नेपालमा सीप हस्तान्तरण आदिबाट जनताको स्वास्थ्यस्थितिमा परिवर्तन ल्याउने पहल गरिरहेको जनाए । थापाले खेल तथा पर्यटन प्रवर्धनमा समेत संस्था सक्रिय रहेको बताए ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य