मनिला (फिलिपिन्स), २४ फागुन । फिलिपिन्सको प्रतिनिधिसभाले मृत्युदण्ड दिने प्रावधानलाई पुनः स्थापित गर्ने विधेयकलाई स्वीकृति प्रदान गरेको छ ।
फिलिपिन्सले झुण्ड्याएर, घातक सुई वा लागुऔषध कारोबारमा संलग्न अभियुक्तलाई गोली हानी हत्या गर्नसक्ने गरी यहाँको संसदबाट स्वीकृति प्रदान गरेको हो ।
फिलिपिन्सको प्रभावशाली रोमन क्याथोलिक चर्चको विरोधका बाबजुद उक्त कानुनलाई पास गरिएको छ ।
फिलिपिन्सको प्रतिनिधिसभाको २१६ संसदले प्रस्तावित मृत्युदण्डलाई स्थापित गर्ने कानुनी प्रावधानको पक्षमा मतदान गरेको बताइएको छ भने ५४ मत विपक्षमा अर्थात् मृत्युदण्डलाई पुनःजीवित गर्न हुन्न भन्ने पक्षमा परेका छन् । एक सदस्य उक्त बैठकमा अनुपस्थित भएका छन् ।
यससँगै फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेको खासगरी लागुऔषध कारोबार अपराधमा संलग्नलाई मृत्युदण्ड दिने बाचा पूरा हुने देखिएको छ ।
प्रतिनिधिसभाबाट स्वीकृति प्राप्त यस विधेयक फिलिपिनी सिनेटबाट पास भई राष्ट्रपतिबाट हस्ताक्षर भएपछि कानुनको रुप प्राप्त गर्नेछ ।
फिलिपिन्सका पूर्वराष्ट्रपति ग्लोरिया माकापागाल अरोयोले सन् २००६ मा मृत्युदण्ड सम्बन्धी प्रावधानलाई हटाउनुभएको थियो । वर्तमान उपसभामुखले भने मृत्युदण्डको प्रावधानविरुद्ध उभिनुभएको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने