मनिला (फिलिपिन्स), २४ फागुन । फिलिपिन्सको प्रतिनिधिसभाले मृत्युदण्ड दिने प्रावधानलाई पुनः स्थापित गर्ने विधेयकलाई स्वीकृति प्रदान गरेको छ ।
फिलिपिन्सले झुण्ड्याएर, घातक सुई वा लागुऔषध कारोबारमा संलग्न अभियुक्तलाई गोली हानी हत्या गर्नसक्ने गरी यहाँको संसदबाट स्वीकृति प्रदान गरेको हो ।
फिलिपिन्सको प्रभावशाली रोमन क्याथोलिक चर्चको विरोधका बाबजुद उक्त कानुनलाई पास गरिएको छ ।
फिलिपिन्सको प्रतिनिधिसभाको २१६ संसदले प्रस्तावित मृत्युदण्डलाई स्थापित गर्ने कानुनी प्रावधानको पक्षमा मतदान गरेको बताइएको छ भने ५४ मत विपक्षमा अर्थात् मृत्युदण्डलाई पुनःजीवित गर्न हुन्न भन्ने पक्षमा परेका छन् । एक सदस्य उक्त बैठकमा अनुपस्थित भएका छन् ।
यससँगै फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेको खासगरी लागुऔषध कारोबार अपराधमा संलग्नलाई मृत्युदण्ड दिने बाचा पूरा हुने देखिएको छ ।
प्रतिनिधिसभाबाट स्वीकृति प्राप्त यस विधेयक फिलिपिनी सिनेटबाट पास भई राष्ट्रपतिबाट हस्ताक्षर भएपछि कानुनको रुप प्राप्त गर्नेछ ।
फिलिपिन्सका पूर्वराष्ट्रपति ग्लोरिया माकापागाल अरोयोले सन् २००६ मा मृत्युदण्ड सम्बन्धी प्रावधानलाई हटाउनुभएको थियो । वर्तमान उपसभामुखले भने मृत्युदण्डको प्रावधानविरुद्ध उभिनुभएको छ ।
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च