ब्रसेल्स, २४ फागनु । युरोपियन युनियनमा आबद्ध देशका व्यवस्थापकीय पदमध्ये ३५ प्रतिशतमा महिला रहेका एक अध्ययनले देखाएको छ ।
युरोपियन युनियनको तथ्याङ्कसम्वन्धि कार्यालय युरोस्टाटले अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा सोमबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो ।
लाटभियामा सबैभन्दा धेरै अर्थात् ५३ प्रतिशत महिला व्यवस्थापकीय पदमा रहेका छन् । त्यसपछि बुल्गेरिया र पोल्याण्डमा ४४ प्रतिशत व्यवस्थापकीय पदमा महिला रहेका छन् ।
तर जर्मनी, इटली र साइप्रसमा एक चौथाईभन्दा कम अर्थात् २२ प्रतिशत मात्रै महिला व्यवस्थापक रहेका छन् ।
युरोपियन युनियनका सबै सदस्य राष्ट्रमा श्रीमतीले भन्दा श्रीमान्ले नै धैरै कमाउने गरेका छन् ।
व्यवस्थापकीय भूिमकामा रहेका महिला र पुरुषको सङ्ख्याको अन्तर भएका देशमध्ये सबै भन्दा थोरै अन्तर रहेको रोमानिया रहेको छ भने सबै भन्दा धेरै अन्तर रहेको देशमा हङगेरी रहेको छ ।
प्रतिवेदनका अनुसार रोमानियमा पाँच प्रतिशत र हङ्गेरीमा ३३.७ प्रतिशत अन्तर रहेको छ ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने