लन्डन । बेलायत बस्ने शेर्पाहरुले आफ्नो महान चाड ग्याल्पो ल्होसार जातीय संस्कार र संस्कृतिका साथ मनाएका छन् ।
रेडिङको बर्गफिल्ड कम्युनिटी स्पोर्टस् एसोसिएसन हलमा शनिबार आयोजित २१४४ औँ ल्होसार कार्यक्रममा उनीहरु शेर्पा भाषाको गीत गाए, सेब्रु नाचे र शेर्पाहरुको विशेष परिकार खाप्से, छ्याङ खाए । सिंगारपटारले गुम्बाझैँ लाग्ने सो हलमा छिर्ने बित्तिकै शेर्पा महिलाहरुले शेर्पा विधिअनुसारले स्वागत गरेका थिए ।
शेर्पा एसोसिएसन यूकेले आयोजना गरेको सो कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी थिए । यसवर्ष ग्राजुएसन गरेका शेर्पा युवायुवतीलाई कदर पत्र, आजीवन सदस्यहरुलाई प्रमाण पत्र, गोरखा सैन्यमा बढुवा भई उच्चपद प्राप्त शेर्पाहरुलाई सम्मान पत्र वितरण गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत डा. सुवेदीले ल्होसार पर्व शेर्पाहरुको मात्र नभई सबै नेपालीहरुको पर्व भएको बताए । उनले नेपाल प्रकृति, संस्कृति, र एडभेन्चरको त्रिवेणी भएको उल्लेख गर्दै सगरमाथा, गोरखा र लुम्बिनी नै नेपालको परिचय भएको प्रष्ट पारे । उनले नेपालीहरु बहादुर मात्र होइनन्, इमानदार र मिलनसार छन् भन्ने प्रमाणित गर्नुपर्ने पनि बताए ।
शेर्पा संघ यूकेका अध्यक्ष साना शेर्पाले शेर्पाहरुको संस्कृति र परम्पराको संरक्षणका लागि वेलफेयर सेण्टर स्थापना गर्ने योजना रहेको जानकारी दिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष तुल छन्त्याल, महासचिव कर्मा पहाडी शेर्पा, तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङ, तामाङ सोसाइटी यूके अध्यक्ष अञ्जु योञ्जन, विश्व नेपाली साहित्य महासंघका अध्यक्ष विश्वासदीप तिगेला, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपांगीमगर, मगर संघ यूकेका अध्यक्ष नेम थापामगर, पुन समाज यूकेका अध्यक्ष एकबहादुर पुन, तामाङ घेदुङ यूकेका अध्यक्ष प्रेम लामा, पासा पुच रेडिङका अध्यक्ष रमेश श्रेष्ठ, तमु समाज यूकेका अध्यक्ष अर्जुन गुरुङ, सुनुवार सेवा समाज यूकेका अध्यक्ष यादव सुनुवार, नेपाल आदिवासी जनजाति महिला महासंघ यूकेकी सचिव सरला रानामगर लगायतको उपस्थिति थियो ।
महासचिव ङवाङ योन्तेन ग्याछो शेर्पाले सञ्चालन गरेको उक्त कार्यक्रममा टासी लामाले स्वागत मन्तब्य दिएका थिए भने कलाकारहरुले शेर्पा नृत्य साथै नेपाली गीत र नृत्यहरु प्रस्तुत गरेर मनोरन्जन दिलाए ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित