लन्डन । बेलायतका लागि नेपाल पर्यटन बोर्डका मानार्थ जनसंपर्क प्रतिनिधि पशुपति भण्डारीले नेपालका हिमाली क्षेत्रको १२० दिन लामो यात्रामा जान लागेको एलेक्स कोन्टीलाई खादा लगाइदिनुका साथै उनको यात्राको सफलताको कामना गर्दै शुभकामना दिनुभएको छ।
लण्डनमा गत १५ वर्षदेखि कार्यरत फ्रान्सेली नागरिक एलेक्स सोमबार नेपालतर्फ प्रस्थान गर्दैछन्। ब्ल्याकहीथस्थित एभरेष्ट इन रेष्टुरेण्टमा भएको भेटमा भण्डारीले दुई वर्ष अघि नेपालमा गएको भूकम्पका कारण खासगरी विदेशी पर्यटक तथा पदयात्रीहरुमा केही आशँका कायम रहेको भए एलेक्सको भ्रमणले त्यो हटाउन मद्दत पुग्ने आशा व्यक्त गर्नुभयो। उहाँले एलेक्सको यात्राकालागि सक्दो सहयोग गर्ने विश्वास पनि दिलाउनुभयो।
एभरेष्ट इन समूहका निर्देशक यादव भण्डारीले पनि मानवीय उद्देश्यले गर्न लागिएको सो पदयात्राको सफलताको कामना गर्नुभयो।
नेपाल तथा बेलायतका अटिज्मबाट प्रभावित बालबालिको सहयोगार्थ एक लाख पौण्ड उठाउने लक्ष्य लिएर साहसिक पदयात्रामा जान लागेका एलेक्सले आफ्नो भ्रमणका क्रममा अटिज्मका बारे जानकारी दिने पनि बताए। पूर्वी नेपालदेखि पश्चिम नेपालसम्म उच्च हिमाली क्षेत्रको पदयात्रामा जान लागेका उनले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउन आफुले सक्दो प्रयास गर्ने पनि बताए।
“म पहिलो पटक नेपाल जान लागेता पनि यो मानवीय अभियानमा सहभागी हुन पाउँदा म निकै उत्साही छु। यो अभियानमा सघाउनुहुने सबै संघसंस्था तथा मित्रहरुलाई म हार्दिक धन्यवाद दिन चाहन्छु,” उनले भने।
नेपालमा अटिज्म पीडितहरुकालागि एउटा राष्ट्रिय केन्द्र बनाउने अभियानमा सघाउन चाहनुहुनेहरुले https://www.justgiving.com/crowdfunding/himalayasforautism
मा गएर सहयोग गर्नसक्नुहुनेछ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित