लन्डन । नेपालमा अब त द्वन्द्वको अवशेष बांकी रहेन । माओवादीसमेत शान्तिप्रक्रियामा सामेल भएर नयां संविधान जारी भइसकेपछि द्वन्द्वको घाउ लगभग निको भइसकेको छ । माओवादी नै सत्तामा छ यतिखेर । तर, लन्डनमा आइतबार देखाइएको जीगिषा (जित्ने इच्छा) ले द्वन्द्वकालिन झझल्को दियो एकपटक फेरि । त्यतिबेला द्वन्द्वको त्रासदी, अपहरण, काटमार, अयोग्य ठहर गर्दै मिल्काइएका लडाकुको दुर्दशा, संकुचित नेपाली समाज र नारी थिचोमिचो आदि सामाजिक परिवेशमा केन्द्रित नाटक जीगिषामा स्थानीय कलाकारले जीवन्त अभिनय गरे । नाटक हेरेर केही दर्शकले आंसु थाम्नै सकेनन् ।
‘म कलात्मक नेपाली चलचित्र र नाटकको नियमित दर्शक भएको हैसियतले जीगिषा एउटा अब्बल नाटक लाग्यो’, रंगमञ्चमा टेकेर राजदूत डा. दुर्गाबहादुर सुवेदीले भने, ‘यहांका कलाकारहरुको जीवन्त अभिनयले नेपाल र बेलायतमा फरक केही लागेन ।’ राजदूतले कलाकारहरु राष्ट्रका गहना भएकाले उनीहरुको सम्मान गर्न पनि जोड दिए । दर्शकका रुपमा पुगेकी कलाकर्मी शशी थापा सुब्बा र ब्रेन्ट काउन्सिलका काउन्सिलर भगवानजी चौहानले पनि नाटकको प्रशंसा गरे ।
लन्डनको हयारो बरो फुटबल क्लव हलमा प्रदर्शन गरिएको हो जीगिषा । सनमकुमार बैरागद्वारा लिखित तथा निर्देशित उक्त नाटक हेर्न राजदूतसुवेदीसहित विशिष्ठ अतिथीहरु सहभागी थिए । अघिल्लो दिन उही रंगमञ्चमा देखाइएर होला, दर्शक सहभागिता अत्यन्त न्यून रहेपनि मर्मस्पर्शी र सन्देशमुलक उक्त नाटकमा दर्शकले खोट पाएनन् । निर्देशक बैरागले बेलायतमा हालसम्म गुणस्तरिय नाटक अभाव रहेको जनाउंदै अब आफूहरु त्यसको पूर्ति गर्न लागि परेको जिकिर गरे ।
कलाकारहरु ध्रुव दत्त, सुरेश श्रेष्ठ, प्रसुना कंडेल, सुस्मिता थापा, मनिष श्रेष्ठ, विकेस बस्नेत लगायत कलाकारको अभिनय जीवन्त लाग्थ्यो ।
फस्ट एजुकेट नेपाल यूके (फेन) को यो नाटक दोश्रो प्रस्तुति हो । यसअघि फेनले गरेको ‘समय दृश्य’ पनि सफल मानिएको थियो ।
जीगिषा आगामी ११ मार्चमा उलवीच ट्रामसेड थिएटर, १२ मार्चमा दि प्यालेस अल्डरसट र २७ मार्चमा एडिनबराको एसेमब्ली रोक्सी थिएटरमा देखाइने छ ।
उक्त नाटक तेन्जी लामा पाख्रिन, दिल घले र भिजनसंसारडटकमले निर्माण गरेका हुन् भने साउण्ड प्रमोद र संगीत, लाइट्स प्रभाव श्रेष्ठ, कम्प्युटर अभिमन्यू बैराग र स्टेजमा अमृत गुरुङ संलग्न छन् ।
खगेन्द्र नेपालीले सञ्चालन गरेको कार्यक्रम शुरु हुनु अघि अन्जु श्रेष्ठ, प्रमोद शर्मा र संगीतले गीतसंगीत प्रस्तुत गरेका थिए ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]